पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

8 महीना पहिले प्रकाशित

(2082-10-13 B.S.)

549 पटक देखिएको

महोत्तरी ,माघ १३ गते ।

भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार बिरेन्द्र महतोले जनसमुदायमा आफ्नो धर्ना सार्वजनिक गर्नुभएको छ।

मंगलबार महतो गौशाला नगरपालिका वडा नम्बर–२ मा पुगेर बोन म्यारो रोगबाट पीडित नितेश पासवानको घरमै पुग्नुभयो। नितेश, स्थानीय ज्ञानी पासवानका छोरा हुन्, जो केही दिनदेखि गम्भीर रोगसँग संघर्ष गरिरहेका छन्।

पीडित परिवारले उपचारका लागि ठूलो खर्च लाग्ने भए पनि आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न असमर्थ रहेको जानकारी गराएपछि उम्मेदवार महतो भावुक देखिनु भयो। उहाँले तत्काल उपचार खर्चका लागि व्यक्तिगत रूपमा केही आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो।

त्यसैगरी, निर्वाचनमा विजयी भएमा यस्तो व्यक्तिहरुलाई सम्पूर्ण उपचार निःशुल्क गरिने नीति लागू गर्ने प्रतिबद्धता जनाउनुभयो। “गरिब भएर कोही पनि उपचारबाट वञ्चित हुन नपरोस्, यही मेरो राजनीतिक संकल्प हो,” महतोले भन्नुभयो।

उम्मेदवार महतोले मधेश प्रदेशमा सबै सुविधा सम्पन्न, आधुनिक र सर्वसाधारणमैत्री अस्पताल स्थापना गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार हालको स्वास्थ्य संरचनाले गरिब, असहाय र निमुखा जनताको आवश्यकता पूरा गर्न सकेको छैन।

यस अवसरमा उहाँले सरकार जनताबाट टाढा नभई असहाय, गरिब र पीडित जनताको पीडामा साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले उम्मेदवार महतोको कदमलाई मानवीय र उदाहरणीय भन्दै प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..