डाँका चोरीमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

8 महीना पहिले प्रकाशित

(2082-10-15 B.S.)

416 पटक देखिएको

निरन्जन कुमार साह 
गौशाला ,माघ १४ गते
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा भएको डाँका चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ १४ गते राति अन्दाजी २०:३० बजेको समयमा महोत्तरी जिल्ला, गौशाला नगरपालिका–१२, प्रडरिया टोलमा डाँका चोरीको घटना भएको थियो। गौशाला नगरपालिका–१२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा ज.५ प ४३२४ नम्बरको डिस्कभर मोटरसाइकल चलाउँदै जाँदै गरेको अवस्थामा तीन जनाको समूहले बाटो छेकी रोकी पछाडिबाट फलामको रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। सोही क्रममा उनीहरूको मोटरसाइकल र मोबाइल फोन एक थान लुटी फरार भएका थिए।
घटनामा संलग्न व्यक्तिहरूमा सोही स्थानका स्थायी बासिन्दा धर्मेन्द्र साह सोनारका छोरा अन्दाजी १८ वर्षीय निर्मल साह सोनार, अजब लाल सिंह कुशवाहाका छोरा अन्दाजी १८ वर्षीय नितेश कुमार कुशवाहा तथा रामप्रीत रामका छोरा अन्दाजी १८ वर्षीय मनिष राम रहेका छन्।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा  माघ १५ गते बिहान अन्दाजी १०:०० बजे गौशाला नगरपालिका–१२ स्थित गौशाला र सर्लाही जिल्लाको सिमानामा रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई कानून बमोजिम नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौशालामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले