समावेशी र पहुँचयोग्य निर्वाचनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बृहत अभियान थालनी

2 महीना पहिले प्रकाशित

(2082-11-05 B.S.)

128 पटक देखिएको

काठमाडौँ,फागुन ५ गते ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आसन्न प्रतिनिधी सभा निर्वाचनलाई समावेशी र पहुँचयुक्त बनाउने र सुसुचित निर्णयको लागि जनचेतना अभिबृद्धी गर्ने उद्देश्यका साथ जनचेतनामुलक एवं प्रचारात्मक सामग्री प्रसारणको शुरुवात गरेको छ ।
गत आइतबार निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरू गरेसँगै मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक र अन्य सीमान्तकृत वर्ग तथा समुदायलाई लक्षित गरेर विभिन्न १० वटा स्थानीय भाषामा समावेशीकरण प्रबर्धन र अधिकारको जानकारी सहित शिक्षा तथा सन्देशमुलक सामग्रीहरू तयार पारी प्रसारण तथा प्रचारप्रसारको काम थालेको छ ।
सोमबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय महिला, बालबालिका तथा जेष्ठ नागरिकसहित नागरिकहरूलाई स्वतन्त्र र भयरहीत वातावरणमा सूसुचित भएर मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्रालयका अनुसार नेपालीसहित मैथिली, भोजपुरी, अवधी, तामाङ्ग, नेवारी, राई लगायतका भाषामा शिक्षा र जानकारीमुलक सामग्रीहरूको प्रचारप्रसार थालिसकेको छ ।
चुनावमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्रै महिला उम्मेदवार मैदानमा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्तो अवस्था सुधार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो । निर्वाचनमा महिला मतदाताको सहभागी बढाउनका लागि मन्त्रालयले विशेष अभियान चलाउने बताउनुभएको छ ।
सातै प्रदेशको निर्वाचन तयारीका बारेमा जानकारी लिँदा चुनावमा महिला सहभागिता, अपाङ्गतामैत्री र पहुँचयोग्य मतदानस्थलको सुनिश्चितताका लागि मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको पनि उहाँको भनाइ थियो ।
उहाँले निर्वाचनको क्रममा बालकालिको दुरुपयोग रोक्न समेत सबैपक्षले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । बालबालिकाको संरक्षण र बालअधिकार सुनिश्चित गर्न सरकार, नागरिक समाज र अभिभावक सहित सबै पक्षले एकसाथ काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले मतदाता शिक्षा औपचारिकतामा सिमित नरही समाजको तल्लोतहसम्म पुग्न आवश्यक रहेको महसुस गरेर मन्त्रालयले स्थानीय भाषाभाषीहरूमा समेत सन्देशमुलक सामग्रीहरूको प्रचारप्रसार थालेको समेत बताउनुभयो ।
मतदाता शिक्षा औपचारिकतामा सिमित रहनुहुन्न । समाजको सबैभन्दा सीमान्तकृत वर्ग तथा समुदायले समेत सरल र बुझिने गरी मतदानको महन्वबारेमा थाहा पाउने अवस्थाको सृजना हुनुपर्छ, मन्त्री श्रेष्ठले थप्नुभयो ।
सोमबारको कार्यक्रममा बोल्दै प्रतिनिधि सभाको चुनाव स्वच्छ र सहभागितमूलक बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने अन्य सहभागी र सरोकारवाला निकायका प्रतिनिधिले बताए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआइएन) का अध्यक्ष डा. एसपी कलौनीले निर्वाचन भयरहित र स्वच्छ रूपमा होस् भन्ने अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था र विकास साझेदारहरूको चाहाना रहेको उल्लेख गर्दै नागरिक समाजले आवाजविहीनको प्रतिनिधित्व गर्नुपर्ने, जवाफदेहिता, नवप्रर्धन, प्रणाली सुधारका लागि पनि परामर्श तथा समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । नागरिक समाजको पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै समुदाय केन्द्रीत भएर नागरिक समाजले काम गर्नुपर्ने विचार राख्नुभयो ।
प्रयत्न नेपालकी अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी सरिता लामाछिानेले फागुन २१ को निर्वाचन पहुँचयुक्त बनाउनुपर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्दा दृष्टिविहीन, श्रवण क्षमता गुमाएकालगायतका अपाङ्गता भएकाले पनि थाहा पाउने गरी उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
दृष्टिविहीन व्यक्तिले चाहेकै व्यक्तिलाई भोट दिन सकिने गरी विश्वासको वातावरण बनाउनुपर्ने माग उहाँको थियो । उहाँले मन्त्रालयले थालेको समावेशी र पहुँचयुक्त निर्वाचन अभियानले असक्त, अपाङ्ग लगायत पाखा पारिएका वर्ग तथा समुदायलाई समेट्नुपर्ने विचार राख्नुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले चुनावको समयमा बालबालिकाको दुरुपयोग रोक्नका लागि राजनीतिक दल, उम्मेदवार तथा नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो । चुनावका लागि एआईको माध्यमबाट पनि बालबालिकाको दुरुपयोग भइरहेको भन्दै महासचिव घिमिरेले दुरुपयोगका घटना भएमा तत्काल उजुरी गर्न सरोकारवालासँग अनुरोध गर्नुभयो । यसको लागि मन्त्रालय र नागरिक समाजले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का निर्देशक शिरोमणि ढुङ्गानाले आगामी चुनावलाई समावेशी र पहुँचयुक्त बनाउनका लागि सरोकारवालासँग सहकार्य गर्दै अघि बढेको जानकारी दिँदै अकोराब र सामुदायिक सुचना नेटवर्क (सीआईएन) लाई सन्तुलित र तटस्थ बनाउनका लागि हरसम्भवको कोसिस गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सामुदायिक रेडियो प्रसारक संघ र सामुदायिक सुचना नेटवर्क (सीआइएन)ले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पुर्ण पालनाको प्रतिबद्धता जनाएको बताउँदै सामुदायिक रेडियोहरूले स्थानीय भाषामा समेत सूसुचित निर्वाचनको माहोल बनाउन बिषयबस्तु प्रस्तुत गरिरहेका बताउनुभयो ।

ढुङ्गानाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको सहकार्यमा आगामी चुनाव समावेशी बनाउने र महिलाको सहभागिता बढाउनका लागि सन्देशमूलक सामग्री उत्पादन तथा प्रसारणको सहकार्य सुरु भएको जानकारी दिँदै सहकार्य दीर्घकालसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सहभागीतालगायतका बारेमा नागरिक समाजको भूमिका र आगामी दिनमा सुधार गर्नुपर्ने पाटोका बारेमा सरोकारवालाबीच छलफल पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

6 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

19 दिन पहिले

बाघको छालासहित ४ जना पक्राउ

असोज १८  प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको ..

6 वर्ष पहिले

चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ

 असोज १३  काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरिएको छ। मंगलबारबाट ट्राफिक महाशाखाले च..

6 वर्ष पहिले

सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न द..

काठमाडौं , असार २५  सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।  गत मंगलबार बस..

6 वर्ष पहिले

बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा द..

काठमाडौं ।प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा ..

6 वर्ष पहिले