श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न

7 महीना पहिले प्रकाशित

(2082-11-05 B.S.)

497 पटक देखिएको

महोत्तरी, फागुन ५ गते
निरञ्जन कुमार साह
महोत्तरी जिल्लास्थित श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा मंगलबार समूहको कार्यालयमा सम्पन्न भएको छ। सभामा समूहका अध्यक्ष विनय कुमार झाको अध्यक्षतामा विभिन्न सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्र, लक्ष्मीनियाँ वन उपभोक्ता समितिका अध्यक्ष बलराम यादव, समूहअन्तर्गतका विभिन्न वडाका वडा अध्यक्षहरू तथा समिति पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सभामा वक्ताहरूले वन संरक्षण समुदायको मूल कर्तव्य भएकोमा जोड दिँदै “हाम्रो वन, हरियो वन” अभियानलाई थप प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए। वन जोगिए मात्र वातावरण सन्तुलन, जैविक विविधता र मानव जीवन सुरक्षित रहने धारणा व्यक्त गर्दै वक्ताहरूले वन संरक्षणमा सामुदायिक एकता आवश्यक रहेको उल्लेख गरे।
त्यसैगरी, सरकारी दररेटअनुसार सस्तो मूल्यमा काठ तथा दाउरा उपभोग गर्न उपभोक्ताहरूलाई आग्रह गरिएको थियो। वन उपभोक्ता समूहमार्फत सहुलियत दरमा काठ उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसबाट सबै समुदायलाई प्रत्यक्ष लाभ पुगेको वक्ताहरूले बताए।
कार्यक्रमका क्रममा केही स्थानीयले सामाजिक न्यायका विषयसमेत उठाएका थिए। स्थानीय रामभगत मण्डलले दलित समुदायलाई निःशुल्क काठ उपलब्ध गराउनुपर्ने माग राखे भने बलवा–९ का उदय कान्तले एकल महिला, गरिब तथा दलित परिवारलाई निःशुल्क काठ वितरणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे।
वन क्षेत्रमा बढ्दो डढेलो तथा आगजनीप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष विनय कुमार झाले वन संरक्षणका लागि समूह दिनरात सक्रिय रहेको बताए। उनले केही व्यक्तिले मनसायपूर्वक वनमा आगजनी गर्ने गरेको गुनासो गर्दै यस्तो कार्यले समग्र समुदायलाई जोखिममा पार्ने बताए। “वन सबै समुदायको साझा सम्पत्ति हो, यसलाई जोगाउनु हामी सबैको दायित्व हो,” उनले भने।
साथै, जंगली जनावरका लागि वनभित्र विभिन्न स्थानमा पानीको व्यवस्था गर्नुपर्ने सुझावसमेत सभामा उठाइएको थियो। अन्त्यमा अध्यक्ष झाले वन विनाशका गतिविधिविरुद्ध एकजुट भई वन संरक्षण अभियानलाई सशक्त बनाउन सबैमा आह्वान गर्दै कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले