सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

6 महीना पहिले प्रकाशित

(2082-12-03 B.S.)

255 पटक देखिएको

सर्लाही, चैत्र ३ गते ।

सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। यो घटना सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई पछाडिको एक फन पार्कमा गत फागुन २३ गते अपराह्न करिब ४ बजे भएको हो।

घटनामा चक्रघट्टा गाउँपालिका–९ निवासी १९ वर्षीय प्रमित कुमार यादवमाथि समूहले निर्घात कुटपिट गरेको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र यो विषय सार्वजनिक भएको हो।

प्रहरीका अनुसार फागुन २९ गते राजेन कुमार यादवले रोहित कुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार, कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरेका थिए। सोही दिन मुख्य आरोपितमध्येका रोहित कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

हाल उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सामाजिक सञ्जालमा फैलिएको भिडियोमा केही व्यक्तिहरूले प्रमितलाई नांगो बनाएर चिर्पट लगायतका वस्तुले कुटपिट गरिरहेको देखिन्छ। कुटपिटका क्रममा पीडितले ‘बाबु हो, बाबु’ भन्दै गुहार मागिरहेको सुनिन्छ। भिडियोमा वरपर रहेका अन्य व्यक्तिहरूले हस्तक्षेप नगरेको दृश्य पनि देखिन्छ, जसले घटनाको क्रूरता थप स्पष्ट पार्छ।

प्रहरीले घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार सामान्य विवाद र गालीगलौजबाट झगडा सुरु भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। साथै, आवश्यक विवरण क्रमशः सार्वजनिक गरिने पनि सर्लाही प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले