गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वमा बजार बन्द
5 महीना पहिले प्रकाशित
(2082-12-21 B.S.)
520 पटक देखिएको
गौशाला, चैत्र २१ गते ।
महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्किएको छ। बजार क्षेत्रभित्र अतिक्रमण बढ्दै गई सडकमै पसल राख्ने र आवतजावतमा अवरोध हुने समस्या तीव्र भएपछि गौशाला नगरपालिका र युवा सञ्जालले संयुक्त रूपमा व्यवस्थापन अभियान अघि बढाएका छन्।
चैत्र १९ गते गौशाला बजारस्थित दुर्गा मन्दिर परिसरमा आयोजित सार्वजनिक भेलाबाट वडा अध्यक्ष ओमप्रकाश गुप्ताको रोहबरमा बजार व्यवस्थापनसम्बन्धी विभिन्न निर्णयहरू गरिएका थिए। सोही निर्णय कार्यान्वयन गर्ने क्रममा आज शनिबार बिहानदेखि युवा सञ्जालका सदस्यहरूले बजार क्षेत्रमा पसल अगाडि बनाइएका अवैध टहरा हटाउने कार्य थालेका थिए।
तर, बजारभित्रको क्षेत्रमा प्रवेश गर्ने क्रममा विवाद उत्पन्न भयो। युवा सञ्जालका सदस्य विजय महतोका अनुसार वडा अध्यक्ष गुप्ताले केही व्यक्तिहरूलाई उक्साएर विवाद सिर्जना गराएका हुन्। विवाद बढ्दै जाँदा अन्ततः वडा अध्यक्षकै नेतृत्वमा बजार बन्द गराइएको आरोप लगाइएको छ।
यता वडा अध्यक्ष ओमप्रकाश गुप्ताले भने बाहिरी व्यक्तिहरूबाट बजार व्यवस्थापन गराउने कार्य स्वीकार्य नभएको बताएका छन्। उनले यदि पुनः यस्ता गतिविधि दोहोरिए कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्। उनले भने, “बजारमा षड्यन्त्र भईरहेको छ। व्यापारीहरुलाई बर्बाद गर्ने बाहिरि षड्यन्त्र हो । यदि बजारलाई व्यवस्थापन गर्नु छ भने बजारमा भएका सरकारी जग्गा मिचेर बनेका घर संरचना पनि हट्नुपर्यो । व्यापारीलाई मात्र निशाना बनाएर हुदैन ।”
वडा अध्यक्ष तथा व्यापारी लगायतले मेयर मुर्दावाद, युवा संजाल मुर्दावाद, डा.दिपेन्द्र मुर्दावाद लगायतको नाराबाजी समेत गरेका थिए ।
स्थानीय स्तरमै सहमति जुटाएर बजार व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भए पनि हालको घटनाले बजार क्षेत्रको वातावरण थप तनावपूर्ण बनेको छ। सम्बन्धित पक्षहरूबीच संवाद र सहकार्यको खाँचो देखिएको स्थानीयवासीहरूको भनाइ छ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments