सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग सेन्टरको उद्घाटन
निरन्जन कुमार साह
महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रअन्तर्गत बर्थिङ्ग सेन्टरको बिहीबार उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले एक कार्यक्रमबीच बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै स्थानीय नागरिकलाई गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताए।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यो योजना पहिले नै कार्यान्वयन गर्ने लक्ष्य रहे पनि केही प्राविधिक कारणले ढिलाइ भएको उल्लेख गरे। उनले अब गाउँपालिकाका अन्य वडाहरूमा पनि क्रमशः बर्थिङ्ग सेन्टर स्थापना गरिने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष यादवले गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको जानकारी दिँदै आर्थिक रूपमा विपन्न तथा असहाय बिरामीलाई जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइँदै आएको बताए। साथै, सुत्केरी महिलालाई गाउँपालिकाको तर्फबाट एक सेट कपडा निःशुल्क प्रदान गरिने र बर्थिङ्ग सेन्टरमा एमबीबीएस चिकित्सकको व्यवस्था गर्ने योजना समेत घोषणा गरे।
कार्यक्रममा स्वास्थ्यकर्मी रविचन्द्र प्रसादले संघीयता कार्यान्वयनपछि गाउँ–गाउँमै स्वास्थ्य सेवा विस्तार हुनु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताए। पहिले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नभए पनि अहिले स्थानीय तहबाट नागरिकले आफ्नै ठाउँमा सेवा पाउन थालेको उनले उल्लेख गरे।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी प्रतिभा सिंहले बर्थिङ्ग सेन्टरमा आएर सुरक्षित सुत्केरी गराउने गर्भवती महिलाले सरकारले उपलब्ध गराउने विभिन्न सेवा–सुविधा प्राप्त गर्ने जानकारी दिइन्। उनले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।
सोनमा गाउँपालिका–१ का वडा अध्यक्ष अशोक यादवले स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी जोखिम महिलाले भोग्ने भएकाले महिला–मैत्री स्वास्थ्य सेवा विस्तार गर्नु जनप्रतिनिधिको प्रमुख दायित्व भएको बताए। उनले शिक्षा, स्वास्थ्य र त्यसपछि भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यस्ता विकासका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता सोनमा गाउँपालिका–७ का वडा अध्यक्ष इन्द्रजित यादवले गरेका थिए।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments