रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग घोषणा
16 दिन पहिले प्रकाशित
(2083-05-11 B.S.)
384 पटक देखिएको
महोत्तरी भदौं ११ गते ।
रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले महोत्तरीको सम्सी गाउँपालिकाले १० लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ।
सम्सी गाउँपालिकाले विपद्को घडीमा मानवीय संवेदना र स्थानीय तहबीचको सहकार्यलाई प्राथमिकता दिँदै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जित यादवका अनुसार रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको खबरले गाउँपालिकालाई गहिरो दुःखी बनाएको छ। प्रभावित परिवारलाई राहत वितरण तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए।
उनले विपद्का बेला स्थानीय तहहरूले एकअर्काको दुःखमा साथ दिनु सामाजिक तथा नैतिक दायित्व भएको उल्लेख गर्दै सबै निकाय र समुदायलाई समेत विपद् प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरे।
गाउँपालिकाले जारी गरेको प्रतिबद्धतामा प्राकृतिक विपद्का कारण कठिनाइमा परेका नागरिकलाई सक्दो सहयोग गर्न आफूहरू सदैव तयार रहने उल्लेख गरिएको छ। साथै, राहत रकम सम्बन्धित प्रक्रिया पूरा गरी प्रभावित क्षेत्रमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
रसुवामा आएको बाढीले सडक, पुल, घर तथा सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याएको छ भने धेरै परिवार विस्थापित भएका छन्। यस्ता कठिन परिस्थितिमा सम्सी गाउँपालिकाले गरेको आर्थिक सहयोगले राहत तथा पुनःस्थापनाको प्रयासमा केही टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
22 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments