बाराको बाराको कलैया उपमहानगरपालिकाले पाँचौ नगरसभामा १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत

6 वर्ष पहिले प्रकाशित

(2077-03-10 B.S.)

4851 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार १०

बाराको बाराको कलैया उपमहानगरपालिकाले पाँचौ नगरसभामा १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको सभाहलमा आज नगरसभाको उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव र उपप्रमुख रहिमा खातुनले संयूक्त रुपमा पानसमा बति बालेर नगरसभाको उद्घाटन गर्नु भएको थियो ।

उपप्रमुख खातुनले आर्थिक बर्ष ७७/७८ को लागि चालु तर्फ २१ करोड ९६ लाख ३६ हजार ८ सय र पूँजिगततर्फ ५९ करोड ३ लाख ८० हजार ९ सय ६९ गरि १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को बजेट बिनियोजन गरेको छ । निति तथा कार्यक्रममा उपमहानगरपालिका क्षेत्रमा योजना तथा कार्यक्रम संचालनमा महिला, बालबालिका, आदिबासी, जनजाती आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग तथा क्षेत्र जेष्ठ नागरिक, दलित, मधेशी, मुस्लिम तथा पिछडा वर्ग लैङ्गिक अल्पसंख्यक आदिकोे विकास र उत्थानका निम्ति बिशेष जोड दिईने छ ।

समृद्ध कलैयाको अवधारणालाई सकार पार्न महानगरिय परिकल्पनाका साथ अल्पकालिन तथा दिर्घकालिन विकासका योजनाहरु मार्फत समृद्ध कलैया सुखि कलैया नगरबासी निर्माण गर्न जोड दिईएको छ । शिक्षा स्वास्थ्य लगायतका सामाजिक आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण, कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नगरबासीलाई सुरक्षित राख्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट नगरको कृषि उघोग निर्माण लगायतका अर्थतन्त्रमा पर्न गएको असरहरुको पुनउत्थान गर्ने, नगरबासीका लागि काम र रोजगारीको अवसरमा बृद्धि गर्ने लगायत उपमहानगरको प्रमुख प्राथमिकतामा रहेको छ ।

उपमहानगरपालिका कृषि तथा पशु पालनमा अधारित रहेकोले कृषिको माध्यमबाट आयआर्जन एवम स्वरोजगारको लागि विशेष प्राथमिक्ताका साथकार्यक्रमहरु संचालन गरिने, सम्भाब्यता पहिचान गरि प्रत्येक वडामा उखु पकेट, तरकारी पकेट, अर्गानिक तरकारी पकेट, बाख्रापकेट, दुुधपकेट, अवधारणा अवलम्बन गरिने, ५ कठ्ठाजग्गामा केरा, मेवा, कागती लगाउने कृषकलाई २ बर्षसम्म १० हजारका दरले अनुदान दिनको लागि कृषि विकास प्रबर्धन अनुदान कोषको ब्यवस्था गरिएको छ । उन्नत गाई वा भैसी पालन ब्यवसाय मार्फत पाँच वा पाँच भन्दा बढी गाई भैसी पाल्ने किसानलाई प्रतिगाई भैसी बराबर पाच हजारका दरले प्रोत्साहन उपलब्ध गराईने निति तथा कार्यक्रममा समावेस गरिएको छ ।

प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने विधार्थीहरुको लागि अध्यापन गराउने संस्थालाई बैंक मार्फत बुझाइएको ऋणको ब्याजको भुक्तानी गर्न उच्च शिक्षा अध्ययन ब्याज रकम सहयोग कार्यक्रम संचालन गरिने निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नगर प्रमुख यादवको अध्यक्षतामा भएको नगरसभामा उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, संचारकर्मी, समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले