करैयामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैया बराबरको बजेट ल्याए

6 वर्ष पहिले प्रकाशित

(2077-03-10 B.S.)

5937 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार १०

बाराको करैयामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैया बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको छैटौं गाउँसभा मार्फत गाउँपालिकाका उपाध्यय चित्ररेखा कुमारी चौधरीले आर्थिक बर्ष २०७७/७८ को लागी अनुमानित बजेट पेश गर्नुभएको हो ।

पालिकाले हाल विश्वमै महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागी २० लाख रुपैयाँ विनियोजन गरेको छ साथै गाउँपालिकाले सदैव जनभावनालाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने समेत जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो पूर्वाधार विकास नीतिमा गाउँपालिका क्षेत्रभित्रका अत्यावश्यक सडकहरुको लगी गाउँपालिका यातायात गुरु योजना निर्माण गरि विस्तृत योजना प्रतिवेदन बनाएर लागु गरिने समेत जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामिको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र महतो तथा सम्पुर्ण वडाका वडा अध्यक्षहरु , गाउँकार्यपालिकाका सदस्यहरु, सम्पुर्ण कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मिहरु लगायतको सहभागिता रहेको थियो

।बाराका १६ स्थानिय तहमध्ये अन्य तिन पालिकाहरु यस अघि आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रम सम्पन्न गरिसकेका छन । बाराको सिम्रौनगढ नगरपालिका र परसौनी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकाले क्रमश ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० , ३३ करोड ७५ लाख र ४३ करोड ७१ लाख ७९ हजार रुपैया बराबरको बजेट ल्याईसकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले