सोनमा गाउँपालिकाको बजेट ४३ करोड ५४ लाख ९० हजार ७१० रुपया

6 वर्ष पहिले प्रकाशित

(2077-03-10 B.S.)

4622 पटक देखिएको

धर्मेन्द्र कुमार यादव-

महोत्तरी, महोत्तरीको सोनमा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४३ करोड ५४ लाख ९० हजार ७१० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार गाउपालिका कार्यालयमा आयोजित सोनमा गाउँपालिकाको चौथो गाउँसभामा गाउँपालिकाका प्रमुख राजकुमार यादवले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरेको बजेटमा आम्दानी तर्फ आन्तरिक राजश्व तर्फ १ करोड ५० लाख, राजश्व बाँडफाँड अन्तर्गत संघिय सरकारबाट प्राप्त ८ करोड ४१ लाख ११ हजार ७ सय १०, संघिय सरकारबाट प्राप्त समानीकरण अनुदान तर्फ ७३ करोड ७९ लाख, सशर्त ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रहेको छ। चालु आर्थिक वर्ष २०७६/०७७ को बैंक मौज्दात ४ करोड, वाडा समितीहरुको प्रशासनिक खर्च ३ लाखका दरले २४ लाख र वाडा लाई बिकास बजेटको लागि प्रत्येक वाडालाइ ८० लाख रहेको छ। गाउँसभाले पारित गरेको बजेटमा चालु आर्थिक वर्षको कोरोना महामारी तथा विभिन्न कारण वश पुरा हुन नसकेको तथा निति तथा कार्यक्रममा उल्लेख रहेका कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षमा पनी निरन्तरता दिइने उल्लेख रहेको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य र कृषीलाइ प्राथमिक्ता दिएको छ। कोरोनाका कारण प्रभावित भएकाहरुलाई पुनस्थापित गर्न तथा पढाई छुटाएकाहरुका लागि रेडियो बाट क्लास संचालनमा ल्याउने, गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको संरक्षण तथा सम्बर्धन, स्थानीय भाषा तथा संस्कृतिको विकास, सडक विस्तार, गाउँपालिकामा कृषि पाठशाला संचालनमा ल्याउने, गाउपालिका भित्रका एक मा बी लाई सुविधा सम्पन्न बिद्यालयको रुपमा विकास गर्ने, कोरोनाका कारण उत्पन्न जोखिम न्युनीकरण गर्ने लगायतका कार्यक्रमहरु प्रथमिकताका साथ बजेटमा समावेश गरिएको छ । गाउँसभामा स्वागत मन्तव्य उपाध्यक्ष बिभा देवी साहले राखेकी थिइन् भने कार्यक्रमको उदघोषण गाउपालिका प्रवक्ता अशोक यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले