जनकपुरधामका मेयर लालकिशोर साहमाथि वडाध्यक्षहरुद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर
जनकपुरधाम, असार ३१
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् ।
मेयर साहले प्रचलित ऐनकानूनलाई धज्जी उडाउँदै कानून विपरीत नगरसभा सम्पन्न गरेको भन्दै उनीविरुद्ध आफुहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।
आफूहरुले जनकपुरधाम उपमहानगरपालिकाको हिसाब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत मेयर साहले कानून विपरीत मनोमानी गरेको उनीहरूको आरोप छ । मेयरले रातीको समयमा मूल्य मान्यता विपरीत नगरसभा समपन्न गरेर सम्पूर्ण नगरवासीलाई ठगेको वडाध्यक्ष साहले आरोप लगाए ।
वडाध्यक्ष साहले आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषन मुद्दा हालेको बताए । वाड नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले निवेदन दिएको वडाध्यक्ष साहको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिकाले पाँचौं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका वावजूद पनि असार १० गते राती सम्पन्न गरेको थियो । अधिकांश वडाध्यक्षहरुले मेयर लालकिशोर साहले १५÷२० जना बसेर फर्जी हस्ताक्षर गरी बहुमत पु-याएको देखाएर गैरकानूनी ढंगबाट नगरसभा सम्पन्न गरेको आरोप लगाए । वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले भने,‘हामीले चालू आर्थिक वर्षको खर्च विवरण देखाउनुपर्ने र आगामी वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल भएपछि मात्रै नगरसभामा प्रस्तुत गर्न भनेका थियौं, तर एकैपटक नगरसभामै वितरण हुन्छ भनेपछि हामीले त्यो कार्यशैलीको विरोध गरेका थियौं ।’
कार्यपालिकाको बैठकबाट पारित भएपछि नीति तथा कार्यक्रम र बजेट पास भएपछि प्रस्तुत गर्नुपर्नेमा मेयर र उपमेयरले मनोमानी ढंगले काम गरेको उनले जिकिर गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments