अघिल्ल्लो ३ दिनमा २ वटा बलात्कार र एउटा यौन दुर्व्यवहारको घटना सार्वजनिक
वीरगन्ज, साउन ३
पर्सा जिल्लामा पछिल्लो तीन दिनमा दुई वटा जबरजस्ती करणी र एउटा यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको छ । तीन वटै घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान थालेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जर्बजस्ती करणी भएको गुनासो आएको छ । जर्बजस्ती करणी गरेको भनिएका पुरुष फरार छन् । राजनीतिक संरक्षणमा उनलाई भगाएको आशंका प्रहरीले गरिएको छ ।
किशोरीको मेडिकल जाँचपछि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको तर्फबाट जाहेरी भने आइसकेको छैन । जानकारी पाएदेखि नै प्रहरीले अभियुक्तको खोजी गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।
त्यसैगरी गएको असार ३१ गते जिराभवानी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी भएको उजुरी आएको छ । गाउँकै १७ वर्षीय किशोरले उनीमाथि जबरजस्ती करणी गरेको उजुरी परेको हो ।
आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीको भनाइ छ ।
‘केटा र केटीबीच पहिलेदेखि नै चिनजान रहेछ, केटाले जबरजस्ती करणी गरेको उजुरी परेको छ,’ डिएसपी कुँवरले भने, ‘केटीको मेडिकल जाँच गर्नुको साथै केटालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’
त्यसैगरी बहुदरमाई नगरपालिकामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । साउन १ गते भएको घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक गंगा पन्तले महिलासँग सम्बन्धित घटनामा प्रहरीले अझ सुक्ष्म ढंगले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन् । ‘पर्सामा सामाजिक चेतनास्तर कमजोर देखियो । महिलामाथि भएका जघन्य अपराधिक घटनामा पनि राजनीतिक आस्थाका आधारमा पक्ष–विपक्षमा लाग्ने रहेछन्,’ पन्तले भनिन्, ‘तर कुनै पनि हालतमा प्रहरीले दोषीलाई उम्कन दिने छैन, निर्दोष नफसुन् भनेर पनि प्रहरी त्यतिकै सचेत छ ।’
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments