अघिल्ल्लो ३ दिनमा २ वटा बलात्कार र एउटा यौन दुर्व्यवहारको घटना सार्वजनिक

5 वर्ष पहिले प्रकाशित

(2077-04-02 B.S.)

1510 पटक देखिएको

वीरगन्ज, साउन ३ 

पर्सा जिल्लामा पछिल्लो तीन दिनमा दुई वटा जबरजस्ती करणी र एउटा यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको छ । तीन वटै घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान थालेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जर्बजस्ती करणी भएको गुनासो आएको छ । जर्बजस्ती करणी गरेको भनिएका पुरुष फरार छन् । राजनीतिक संरक्षणमा उनलाई भगाएको आशंका प्रहरीले गरिएको छ ।

किशोरीको मेडिकल जाँचपछि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको तर्फबाट जाहेरी भने आइसकेको छैन । जानकारी पाएदेखि नै प्रहरीले अभियुक्तको खोजी गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।

त्यसैगरी गएको असार ३१ गते जिराभवानी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी भएको उजुरी आएको छ । गाउँकै १७ वर्षीय किशोरले उनीमाथि जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीको भनाइ छ ।

‘केटा र केटीबीच पहिलेदेखि नै चिनजान रहेछ, केटाले जबरजस्ती करणी गरेको उजुरी परेको छ,’ डिएसपी कुँवरले भने, ‘केटीको मेडिकल जाँच गर्नुको साथै केटालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

त्यसैगरी बहुदरमाई नगरपालिकामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । साउन १ गते भएको घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक गंगा पन्तले महिलासँग सम्बन्धित घटनामा प्रहरीले अझ सुक्ष्म ढंगले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन् । ‘पर्सामा सामाजिक चेतनास्तर कमजोर देखियो । महिलामाथि भएका जघन्य अपराधिक घटनामा पनि राजनीतिक आस्थाका आधारमा पक्ष–विपक्षमा लाग्ने रहेछन्,’ पन्तले भनिन्, ‘तर कुनै पनि हालतमा प्रहरीले दोषीलाई उम्कन दिने छैन, निर्दोष नफसुन् भनेर पनि प्रहरी त्यतिकै सचेत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले