सरकारद्वारा विद्यालय सञ्चालनको तयारी सुरु

5 वर्ष पहिले प्रकाशित

(2077-04-15 B.S.)

3959 पटक देखिएको

साउन १५ 

सरकारले विद्यालय सञ्चालनको तयारी सुरु गरेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरिसकेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालयले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन खाली गर्ने भएको हो ।

 

भर्नासहित शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरणका लागि मन्त्रालयले सात बुँदे निर्देशन समेत जारी गरेको छ ।

जसअनुसार शैक्षिक सत्र ०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न भनिएको छ, भने भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउउन निर्देशन दिइएको छ ।

नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुनुपर्ने भएपनि सरकारले कोरोना संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि अन्यौल बनेको थियो ।

अब भदौ १ गतेदेखि भर्ना खोल्न निर्देशन दिइसकिएको अवस्थामा मन्त्रालयले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यसैगरी, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालननका लागि शिक्षकलाई विद्यालय पुग्न भनिएको छ ।

विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्नेछ ।

अब विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन बनाइने छैन । क्वारेन्टाइन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउनु पर्नेछ ।

‘विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने,’ निर्देशनमा भनिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा सार्वजनक गरेपछि सोहीअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्ने जानकारी दिए ।टुडे पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

17 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले