सरकारद्वारा विद्यालय सञ्चालनको तयारी सुरु

6 वर्ष पहिले प्रकाशित

(2077-04-15 B.S.)

4069 पटक देखिएको

साउन १५ 

सरकारले विद्यालय सञ्चालनको तयारी सुरु गरेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरिसकेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालयले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन खाली गर्ने भएको हो ।

भर्नासहित शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरणका लागि मन्त्रालयले सात बुँदे निर्देशन समेत जारी गरेको छ ।

जसअनुसार शैक्षिक सत्र ०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न भनिएको छ, भने भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउउन निर्देशन दिइएको छ ।

नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुनुपर्ने भएपनि सरकारले कोरोना संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि अन्यौल बनेको थियो ।

अब भदौ १ गतेदेखि भर्ना खोल्न निर्देशन दिइसकिएको अवस्थामा मन्त्रालयले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यसैगरी, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालननका लागि शिक्षकलाई विद्यालय पुग्न भनिएको छ ।

विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्नेछ ।

अब विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन बनाइने छैन । क्वारेन्टाइन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउनु पर्नेछ ।

‘विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने,’ निर्देशनमा भनिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा सार्वजनक गरेपछि सोहीअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्ने जानकारी दिए ।टुडे पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले