काेराेना कहर सुनसान शहर

5 वर्ष पहिले प्रकाशित

(2077-05-05 B.S.)

4398 पटक देखिएको

भदौ ५ गते 

कोरोनाका कारण यसपालीको तीज खल्लो भएको छ ।

महामारीलाई नियन्त्रण गर्न प्रशासनले आह्वान गरेको निषेधाज्ञाका कारण यसपालीको तीजको रौनकमा ह्रास आएको हो ।
कोरोना नभएको भए महिनौ अघि देखि आयोेजना हुने दर खाने कार्यक्रमहरुले सहरको रौनकतालाई मुखरित पारिरहेको हुन्थ्यो । पार्टी प्यालेस, रेस्टुरेन्ट, होटेलहरुलाई त बुकिंग व्यवस्थापन गर्न धौं धौं हुन्थ्यो । बजारमा जताततै रातो सारी र सरसज्जाका सामान किन्ने र बेच्नेहरुको घुईँचो हुन्थ्यो ।

कोरोना नभएको भए आजको दिन शिवालयहरुमा दर्शनार्थीहरुको ठुलै घुईँचो हुन्थ्यो । भिड व्यवस्थापनका लागि स्वयंसेवकहरु खटिईरहेका हुन्थे । शिवालयमा दर्शनका लागि दर्शनार्थीहरुलाई हम्मेहम्मे परिरहेको हुन्थ्यो । र, हुन्थे तीजका गीत र त्यही गीतको धुनमा झुमिरहेका ब्रतालु ।

रातो सारी, हरियो चुरा, हरियो पोते, ढपक्क ढाकिने गरि लगाइएका गरगहना र चिटिक्क मेकअपमा धपक्क बलेको मुहारसहित जब तीजको ब्रत बसेका दिदीबहिनी हुलका हुल सडकमा उत्रिन्थे, लाग्थ्यो रातो रंगमा सहर रंगिएको छ । यसपाली सहर रंगीन हुन पाएन । न शिवालयहरुमा भिड नै भयो ।

यसपालीको तीजको रौनक सामाजिक सञ्जालमा देखिँदैछ । सामाजिक सञ्जालको फेसबुक, ईन्स्टाग्राम, ट्विटरमा तीजको रौनक देख्न सकिन्छ । अझ बढी, उल्लास त टिकटकमा मुखरित भईरहेको छ ।

तीजको सरसज्जामा सजिएका दिदीबहिनीहरुको टिकटक भिडियो हेर्दा लाग्छ, तीजको रौनकमा यसपाली कुनै कमी छैन ।
बजारमा नदेखिएपनि घरघरमा तीज मनाईदै छ ।

“यसपालीको तीज घरमै मनाउँदै छौ । पोहोर साल जत्तिको त रमाईलो छैन, तैपनि । मन्दिर जान पाईएकोमा खुशी लाग्या छ ।“ बाराको सिमरा निवासी एलिजा पौडेलले भनिन् । “निषेधाज्ञा नै भइसकेपछि कसको के लाग्छ र ? यो सबै हाम्रै सुरक्षाको लागि हो भनेर बुझ्नुपर्छ ।“

निषेधाज्ञा भएपनि श्रद्धापुर्वक तीज मनाईरहेको उनको भनाई छ । “रोगबाट बचियो भने अर्को वर्ष रमाईलो गर्ने नि“ उनी थप्छिन् ।

महामारी नियन्त्रणका लागि आह्वान गरिएको निषेधाज्ञालाई तीजका ब्रतालुहरुले सकारात्मक रुपमै लिईरहेको बुझिन्छ ।
घरमै उपलब्ध भएका सरसामाग्रीको प्रयोगले यसपालीको तीज मनाईदै छ ।

“निषेधाज्ञा हाम्रै लागि हो । यस्तो बेलामा भिडभाड गर्नहुन्न । झन् तीज भनेकै भिडभाड हुने पर्व हो ।“ बीरगन्ज निवासी निलिमा पौडेल भन्छिन्, “यसपालीको तीज घरमै मनाउँदैछौ । मन्दिर समेत जान पाइएन । “

गत वर्षहरुमा साथीहरुसँग घुम्दै तीज मनाउने निलिमा यस वर्ष घरमै परिवारको सामिप्यमा तीज मनाउन पाउँदा खुशी छिन् । “हिजो दर खाईयो । आज परिवारसँगै नाचगान गर्दै रमाईलो गरिएछ ।“

यस्तै, श्रीपुर निवासी विजया ओझैया भन्छिन् “हामी धेरै तडकभडक गर्दैनौ । हाम्रो लागि ठिकै छ । तर, साथीहरुसँग दर खान पाइएन । त्यही भएर मन खिन्न छ ।“

“विगतका वर्षहरुमा साथीसंगी इष्टमित्रहरुलाई घरमा बोलाएर दर खुवाउने र रमाइलो गर्ने गरेका थियौं“ उनी भन्छिन् ,“अहिलेको समय महामारीको समय भएकाले बाध्यता छ । सबैले बुझ्नु पर्यो ।“

पोहोरपरार वर्षहरुमा तडकभडकका नाममा हुने खर्च पनि यसपाली हुन पाएन । अनावश्यक तडकभडकका लागि रेस्टुरेन्ट, होटेल, पार्टी प्यालेस बुक गरि तीज आउनु अगावै सुरु हुने तीजको दर खाने कार्यक्रम, भव्य भोज, अबेर रातिसम्मको नाचगान गर्नेहरु यसपाली घरमै तीज मनाउन बाध्य छन् ।

यसपालीको तीज अन्य वर्षहरुभन्दा शान्त र मौलिक हुने बाराको जितपुर निवासी निलिशा बर्मा भन्छिन् । उनका अनुसार जसरी यसपाली तीज मनाइएको छ, प्रत्येक वर्ष यसरी नै मनाईनु पर्छ ।

“श्रीमानको दिर्घायुका लागि मनाईने तीजमा हुने भड्किला कार्यक्रमहरुले मौलिकता सकिन्नै लाग्यो भन्दै आवाज उठ्ने गर्थ्यो । गत वर्षहरुमा तीजका अवसरहरूमा हुने कार्यक्रम यसपाली भएनन् ।“ निलिशा भन्छिन्,“यसपाली दर खाने दिनमै सबले दर खाए । पहिले एक महिना अगाडिदेखि विभिन्न स्थानमा दर खाने कार्यक्रम हुन्थे । दिदीबहिनी भेला भइन्थ्यो । दर खाएर नाचगान गर्दै रमाइलो गरिन्थ्यो ।“

उनी भन्छिन् “यसपाली, सबले घरमै बसेर तीज मनाए । परिवारको सानिध्यमा । जसका लागि व्रत बसिएको छ, उससँगै व्रत अवधिभर सँगै हुन पाउनु भन्दा अधिक सुख के मा छ र ?“

तीज भड्किलो भयो भन्ने आवाज पनि धेरै उठ्ने गरेका थिए । तर, यस वर्ष भने त्यो आवाज गुञ्जायमान हुनै पाएन ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रङले महिलामा शक्ति प्रदान गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।

त्यस्तै, गलामा लगाइने पोतेले शान्ति मिल्छ भने सिउँदोमा लगाइने रातो सिन्दूर विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ ।

विवाहिताले पारिवारिक सुख र श्रीमानको दिर्घायुका लागि तथा अविवाहिताहरूले मनोकामना पुरा होस् भन्दै ब्रत बस्छन् ।

यसपालीको तीज सोचेअनुरूप मनाउन पाइएन अथवा पोहोरका वर्षहरू झैँ रमाउन पाइएन भनेर मन खिन्न नपारौँ । अवस्था सामान्य भएपछि तीजको पुरानो रौनक पुनः फर्किनेछ । पुनः गल्ली गल्लीमा तीजका गीत घन्किनेछन् । पुनः सहर रातम्मे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले