कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने नयाँ टेस्ट - डब्ल्यूएचओ

5 वर्ष पहिले प्रकाशित

(2077-06-12 B.S.)

5088 पटक देखिएको

१३ असोज

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने नयाँ टेस्टले गरिब तथा कम आम्दानी भएका मुलुकमा संक्रमण पहिचान गर्ने क्षमता तीव्र गतिमा बढ्नसक्ने बताएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेसँगै डब्ल्यूएचओले यस्तो बताएको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ ।

डब्ल्यूएचओका अनुसार नयाँ परीक्षणको खर्च केवल पाँच डलर पर्न आउँछ । जसको कारण स्वास्थ्यकर्मी र प्रयोगशालाको अभाव भएका मुलुकमा यो परीक्षण निकै महत्वपूर्ण रहन सक्छ ।  डब्ल्यूएचओका अनुसार यस किसिमको परीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार अबको ५ महिनामा १२ करोड मानिसको कोरोना परीक्षण गर्न सकिन्छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले नयाँ प्रविधिले १५ देखि २० मिनेटमा कोरोना परीक्षणको नतिजा दिने बताएका छन् । औषधि निर्माता एबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग मिलेर १२ करोड टेस्ट्स तयार पार्ने सहमति जनाइसकेको छ ।

नयाँ परीक्षणबाट विश्वका १३३ मुलुक लाभान्वित बन्ने बताइएको छ । जसमा ल्याटिन अमेरिकाका धेरै मुलुकहरु पनि समावेश छन्, जहाँ उल्लेख्य मात्रामा कोरोना संक्रमण बढिरहेको छ । डब्ल्यूएचओका महानिर्देशकले अहिले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका मुलुकका लागि यो परीक्षण महत्वपूर्ण उपलब्धि हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले