भारतीय मजदुर नआएपछि अधिकांश उद्योग बन्द

5 वर्ष पहिले प्रकाशित

(2077-08-15 B.S.)

13634 पटक देखिएको

मंसिर १६ ,विराटनगर 

कोरोना महामारीका कारण भारतीय कामदार नेपाल आउन नसकेपछि प्रदेश १–का अधिकांश इटा उद्योगले उत्पादन शुरु नै गर्न सकेका छैनन् । कात्तिक लागेपछि इटा उत्पादनको काम शुरु हुने गर्छ । तर, यो पटक भने कामदार अभावमा ६० वटाभन्दा धेरै उद्योग बन्द भएका छन् । प्रदेश–१ का अधिकांश इटा उद्योग भारतीय कामदारको भरमा छन् ।

झापा, मोरङ र सुनसरीमा अधिक मात्रामा ठूलो उत्पादन क्षमता भएका इटा उद्योग छन् । तर, भारतमा धेरै कोरोना संक्रमण फैलिएपछि नेपाल–भारत सीमा बन्द गरिएको छ । सीमा नखुल्दा कामदार आउन सकेका छैनन् । हरेक इटा उद्योगमा तीन चार सय भारतीय कामदार आउने गर्दथे । 

कोसी इटा संघका अध्यक्ष महेन्द्रप्रसाद साहले ६६ वटा उद्योग कामदार अभावमा बन्द भएको जानकारी दिदैं भने,“इटा उद्योग भारतीय कामदारकै भरमा चल्ने हुन् तर कोरोनाका कारण उनीहरु आउन सकेका छैनन्, त्यही भएर इटा उत्पादन बन्द गर्नुको विकल्प नै रहेन ।” संघका अनुसार मोरङ र सुनसरीमा गरी ४३ इटा उद्योग छन् । झापामा २३ वटा इटा उद्योग बन्द भएका छन् । 

भारतीय कामदारलाई मुख्य नाइके सरदारले ल्याउने गर्दछन् । उनैले समन्वय गरेर कुचबिहारसम्म अग्रिम रकम ‘दादन’ पठाइन्थ्यो । तर, यो पटक भने दादन पठाउने काम नै हुन सकेन । यसरी काम गर्न आउने कामदारका छोराछोरीलाई यता रहुन्जेल पठनपाठनको व्यवस्था गरिदिने र परिवारको बसोबासको व्यवस्था उद्योगले नै गरिदिन्थे । 

झापा इटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापाका अनुसार झापासहितका क्षेत्रमा भारतको पश्चिम बंगालस्थित कुचबिहार क्षेत्रबाट कामदार आउने गर्दथे । तर, यो पटक कोरोनाका कारण कोही पनि आएको छैन । थापा भन्छन्, “यो पटक इटा उत्पादन नराम्रोसँग प्रभावित बनेको छ ।”  

काँचो इटा साँचोमा हालेर बनाउने, सुकाउने र जतनसाथ भट्टमा ल्याएर पकाउने,  चाङ लगाउने, रातो धुलोले छोप्ने जस्ता काममा दक्ष कामदार चाहिने र त्यो पूर्ति भारतीयबाट मात्र हुने कोसी इटा संघका अध्यक्ष साह बताउँछन् । उनी भन्छन्,“ भट्टीमा आगो लगाउनेदेखि तयार भएको इटाको श्रेणी छुट्याउने जस्ता काम गर्न नेपाली कामदारले सक्दैनन् । हामीले स्वदेशी कामदार मगाए पनि आउँदैनन् । इटा उद्योग नै भारतीय मजदुरकै भरमा चलेका छन् ।” 

साहका अनसार एक इटा उद्योगले वार्षिक सरदर ३० देखि ५० लाख थान इटा उत्पादन गर्छन् । प्रदेश–१ मा वार्षिक रुपमा साढे २६ करोड थान इटा उत्पादन हुन्छ । कात्तिकबाट शुरु हुने उत्पादन वैशाखसम्म निरन्तर चल्ने गर्छ । धेरै कामदार परिवारसाथ नेपाल आउने गर्छन् । इटा उत्पादन हुन नसक्दा  स्टकले माग थेग्न नसक्ने उद्योगीको भनाइ छ । यसले निर्माणका काममा समेत प्रभाव पर्न सक्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले