आज रौजा मजार सौन्दर्यकरण शिलान्याश समारोह सम्पन्न
मंसिर १७ गते ,बलवा
आज बलवा नगरपालिकास्थित रौजामा रौजा मजार सौन्दर्यकरण शिलान्याश कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ,प्रदेश न. २ जनकपुरधामले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा जसपा अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्रि मा.उपेन्द्र यादव ,बिशिष्ट अतिथि महोत्तरी क्षेत्र न. २ को जसपा नेता एवं संघीय सांसद शरद सिंह भण्डारी ,प्रदेश न.२ को मुख्यमन्त्री लालबाबु राउत लगाएत बुद्धिजीवी ,समाजसेवी ,जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बलवा न.पा. स्थित बाबा गदालीशाह रौजारको सौदार्यकरण गर्नको लागि मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले ११ करोड ९० लाख बजेट बिनियोजन गरि ३ बर्षको भित्रमा काम सम्पन्न गरिने भएको छ । बर्षौ देखि मुस्लिमहरुको मात्र नभएर हिन्दु तथा सम्पूर्ण धर्मालम्बीहरुको पनि भएको उक्त धर्मस्थलमा प्रत्येक बर्ष मेला लाग्ने गरेको र विभिन्न क्षेत्रका भक्तजनहरुहरु उक्त स्थलमा आइ पुआ अर्चना गर्ने र भाकल चढाउने गर्दछन ।

कार्यक्रमको स्वागत मन्तव्यको क्रममा मुस्लिम धर्मगुरु मौलाना ज्यूले भने 'बाबा गदाली शाह मौजार बलवा न.पा.स्थित धर्मको आस्था बोकी प्रख्यात रुपमा रहेको छ ,जहाँ मुस्लिम धर्मालम्बीहरु मात्र होइन हिन्दु लगायत सम्पूर्ण धर्मालम्बीहरु आस्था राखी यहाँ माथा टेक्ने गर्दछन र आकांक्षा पुरा भएको भाकल चडाउने गर्दछन ।
साथै कार्यक्रममा उनले दोशाला ओढाई प्रमुख अतिथि ,बिशेष अतिथि लगायत सम्पूर्णलाइ सम्मान गरेका थिए ।

बलवा न.पा.कामा कारिक बाबा ,ध्रुव बाबा ,र बाबा गदाली शाह गरि ३ वटा प्रमुख मन्दिरहरु रहेको जानकारी गराउदै बलवा न.पा.का नगरप्रमुखले आज सम्म कुनै व्यक्ति त्यहाँबाट निराश भएर नफर्केको ,त्यहाँ जो आएपनि उसको मनोकांक्षा पुरा हुने गरेको बताएका छन्।
बाबा गदाली शाह मौजारको अगाडी योभन्दा केहि दिन पहिले स्थानीय सरकारको आयोजनामा २० लाखको लागतमा धर्मशाला निर्माण गरिएको जानकारी गराउदै सहरी बिकासको आयोजनामा ९ करोडको आयोजनामा कारिक बाबा स्थान काम भइरहेको पनि अवगत गराए ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उक्त मौजार मुस्लिम धर्मालम्बिको मात्र नभई हिन्दुको पनि उतिकै अधिकार भएको बताए उनले भने ‘२ न. प्रदेशभित्र जति पनि आस्थाको मन्दिर छ ,सबैलाइ सौन्दर्यकरण गर्ने गरेका छौ महोत्तरीको बाबा गदाली शाह मौजार ,जनकपुरको जानकी मन्दिर ,सिरहाको सलेशथान ,बाराको गढ़िमाइ लगायतका धर्मस्थललाइ सौन्दर्यकरण गरि पर्यटकीय क्षेत्र बनाइ २ न. प्रदेशको व्यापारीकरणलाइ उन्नति र प्रगति गर्ने सोच राखी अगाडी बढ्ने बताएका छन् ।
साथै उनले २ न. प्रदेशको जनताहरुको हक अधिकारका लागि दर्जनौ मुद्धा अदालतमा दिइएको र मुद्धा विचाराधीनमा रहेको बताउदै प्रदेश न.२ को मुख्यमन्त्रीको मुख्य अभियान ‘बेटी बचाऔ, बेटी पढ़ाऔ’ भन्दै आफ्ना मन्तव्य समापन गरेका थिए ।
महोत्तरी क्षेत्र न. २ को जसपा नेता एवं संघीय सांसद शरद सिंह भण्डारीले भने ‘बाबा गदालीशाहको सौन्दर्यकरण गरेर मात्र हुदैन ,प्रत्येक व्यक्तिले आफ्नो आत्मालाई सौन्दर्यकरण गर्नुपर्छ ।
उनले जनताले राज्यको कोषमा हाम्रो अधिकार ,कानुनमा हाम्रो अधिकार ,कशुतिमा हाम्रो अधिकार गरि ३ ओटा अधिकार पाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
त्यसैगरि बाबा गदाली लगाएत अन्य सबै मन्दिरको सौन्दर्यकरण जरुरी रहेको भन्ने तर्क दिदै प्रमुख अतिथि जसपा अध्यक्ष एवं पुर्व उप प्रधान मन्त्रि मा.उपेन्द्र यादवले मधेशमा हरेक नागरिकले आफ्नो अधिकारको लागि लड्नुपर्ने जरुरी रहेको बताए ।उनले अहिले सम्म हाम्रो अधिकार समानुपातिक ,मातृभाषा लगाएत जनसंख्याको आधारमा आरक्षण गर्न बाकि नै रहेको बताएका छन् । उनले बिकासको उन्नतिको लागि असमानता ,विभेदलाई अन्त्य गरि ,शिक्षामा जोड दिई कृषिमा आधुनिकीकरण गर्नुपर्ने बताएका छन् । साथै उनले केन्द्रिय सरकारले हुलाकी राजमार्ग बर्षौ देखि बनिरहेको तर अहिले सम्म सम्पन्न हुन नसकेको गुनासो गर्दै आफ्नो मन्तव्य समापन गरेका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments