गौशाला न .पा. मा साप्ताहिक योग सिविर आजदेखि सुरु

5 वर्ष पहिले प्रकाशित

(2077-09-29 B.S.)

5280 पटक देखिएको

माघ १ ,गौशाला 

गौशाला नगरपालिकामा योग सिविर सप्ताह संचालन भएको छ  ।

राष्ट्रिय योग दिवसको उपलक्ष्यमा आज देखि (माघ १ गतेदेखि ) ७ गते सम्म बिहान ६ बजे गौशाला जिरोमाइलस्थित  कबर्डहलमा संचालन भइरहेको छ  । जसको मूल नारा सबैका लागि योग, सधैका लागि योग ,योग गरौ डटेर ,कोरोना जान्छ हटेर, रहेको छ  ।

उक्त योग सिविरको उद्घाटन आज योग सिविर मूल आयोजक समितिका संरक्षण तथा योगका अनुयाई पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले पानसमा बत्ति बालेर गरेका छन् 

आज बिहानैदेखि सुरु भएको योग सिविर सप्ताह कार्यक्रमको अध्यक्षता गौशालाको नगर प्रमुख शिवनाथ महतोले गरेका छन् 

त्यस्तै प्रमुख अतिथि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेल,विशिष्ट अतिथि मा.सांसद भरत प्रसाद साह ,सांसद दिलकुमारी साह ,गौशाला न.पा.को उपप्रमुख आशा लामा लगायत स्थानीयवासीहरुको सहभागिता रहेको छ  ।

त्यसैगरी योग गुरुहरु श्री विष्णु विष्ट ,श्री गणेश गैरे ,श्री स्वामी प्रेम आलोक ,श्री डा.सुवास घिमिरे ,श्री सृजना पौडेल रानाद्वारा प्रशिक्षण दिइने भएको छ  ।  

कार्यक्रममा स्वागत मन्तव्य दिदै गौशाला न.पा.को उपप्रमुख आशा लामाले योग संचालन भएपनि उपस्थित संख्या अपेक्षा गरे जस्तो नभएको उहाले बताउनु भएको छ । उहाले समाज बिकासको कुरा भाषणमा मात्र नभएर व्यवहार लागु गर्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ भन्दै सबैलाइ स्वागत गर्नु भएको छ  ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले आफ्ना मन्तव्य राख्ने क्रममा योगको विशेषता दर्साउदै योगको विकास प्राचिन कालमा नै भएको तर हालै यसको क्रियाकलाप घट्दै गएको बताएका छन्  । उक्त योग सिविरले एउटा दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण काम भएकोले यसप्रति उहाले खुसि व्यक्त गर्नु भएको छ  । कोभिडबाट बच्नलाई मात्र नभएर यसलाई सिविरको रुपमा संचालन गरेमा मानिसहरुमा सतुष्टि प्राप्त हुने कुरा बताउनु भएको छ  ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख शिवनाथ महतोले रोगहरुबाट बचनको लागि योग महत्वपुर्ण भएको बताउदै गौशाला नगरपालिकाको यस सिविरले समाज विकासमा एउटा नया मोड ल्याउने बताउनु भएको छ  । उनले आफुले गौशाला न.पा.को प्रमुख मात्र नभएर स्थानीयबासिहरुको लागि नगरप्रमुख भएर  समाज विकासको काम गर्ने बताउनु भएको छ  । गौशाला न.पा. स्थानीय स्तरमा पहिलो पल्ट यस्तो सिविर संचालन भएको प्रति उनले गौशाला नगरका सम्पूर्ण बासीहरुलाइ रोगबाट बच्न तथा स्वस्थ रहन मद्धत पुग्ने बताउनु भएको छ  । उहाले यस्ता कार्यक्रम तथा क्रियाकलाप स्थानीय स्तरमा बृहत संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै योगलाइ अगाडी बढाउन योग गुरुहरुलाई आग्रह गरेका छन् 

त्यसैगरी योग गर्नको लागि उपस्थित रहेको स्थानीय बासि हरुले समाजमा यस्तो बिशेषता जनक कार्य सुरु भएको प्रति कृतज्ञता प्रकट गरेका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

16 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले