गौशाला नगरपालिकामा भएको बगर खेतिमा गाजा खेति (भिडियो सहित)
बैशाख १९ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिकाले केहि महिना अगाडीदेखि युएनडिपी र गौशाला नगरपालिकाको साझेदारीमा गौशाला - ८ स्थित सोनी खोलाको पेटीमा गरेको बगर खेति संचालनमा रहेको छ । जुन बगर खेतीमा किसानहरुले करेसा बारीको खेति गरिरहेका छन् त्यसमा एक किसन केदार राउत कुर्मिले गाजा खेति गरिरहेका छन् ।
गौशाला नगरपालिकाले गरिव तथा विपन्नहरुको आर्थिक स्तर उठाउन बगरको जग्गालाई उपयोगमा ल्याएको हो । स्थानीय सरकारले कोरोनाबाट रोजगारी गुमाएका गरिबहरुको जीवन रक्षाका लागि बगरको जग्गा वितरण गरेर करेसा खेती तथा फलफूल खेतीमा प्रेरित गरेको बगरलाई बगैंचा बनाउने अभियान चलाइएको थियो तर सो अभियानलाई किसानहरुले दुरुपयोग गरेको पाइएको छ । सो बगरमा करिब ४ कठ्ठामा केदार राउत कुर्मिले खेती गरेका छन् । त्यसमै उनले गाजा रोपनी पनि गरेका छन् । उनका अनुसार, "सरकारले दिएको जग्गामा करेसा खेति गरेर मात्र खान कहा पुग्छ र त्यसैले हामी ३ हजारको किलोमा बियु किनेर गाजा खेति गरिरहेका छौ।"
आज गौशाला इलाका प्रहरी कार्यालयबाट सो गाजा नष्ट गर्न खटिगएका टोलिले सो कार्य गैरकानुनि भएको भनेर प्रश्न गर्दा जवाफमा कुर्मीले भन्छन् "मैले आज यसलाई रोपेको हैन ,महिनौ देखि यी गाजाका बिरुवाहरु रोपिएको हो । वडा न.८ का वडा अध्यक्ष र गौशाला न.पा.का मेयरले कयौ पल्ट आएर हेर्दा पनि केहि भन्नुभएको थिएन । तर तपाइँहरु किन यसलाई नष्ट गरिरहनु भएको छ । तपाईहरु बादर हो, 'न आफ्नो घर रहनदिनु हुन्छ नत अरुको घर नै' भन्दै कुर्मीले प्रहरी र संचारकर्मी माथि आक्रोश पोखेका छन् ।

केहि दिन अगाडी मात्र गौशाला नगरपालिकाको बगरखेति चर्चामा आएको थियो । तर गाजाको बोट देखेर महिनौ अगाडी सो बिरुवा लगाइएको प्रष्ट देखिएको छ । स्थानीय जनप्रतिनिधिहरु पटक पटक भ्रमण गर्न पुगेको संचारमाध्यममा पनि आएका छन् । यसले गर्दा गैरकानुनि कार्यमा स्थानीय जनप्रतिनिधिहरुले चासो नलिएको कुरा पनि प्रष्ट हुन पुगेको छ ।
हेर्नुहोस् भिडियो
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..

कमेन्ट गर्नुहोस्
view comments