मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्यास

23 दिन पहिले प्रकाशित

(2081-01-13 B.S.)

495 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , बैशाख १३ गते

महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मधेश प्रदेशका मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छन् । जनसमुदायको सहयोगमा बन्न लागेको मन्दिर बिहिवार मन्त्री साहले विधिवत शिलान्यास गरेका हुन् ।

मन्दिर निर्माणमा रजखोरका जनसमुदाय रात दिन सक्रिय भएर बनाउन लागेको हो । मन्दिर निर्माण गर्न सबै समुदायको सहयोग अनिवार्य भएको रजखोर निवासी राजकिशोर साहले बताए । उनले मन्दिर निर्माणमा करिव ६ महिना देखि लागि परेको र यसमा सम्पूर्ण व्यक्तित्वको सहयोग चाहिएको बताए । मन्दिर निर्माण गर्न करिव २५ लाख लागत लाग्ने अनुमान रहेको उनले बताए । यो ठुलो रकम भएकोले प्रदेश सरकारको पनि सहयोग चाहिएको उनको भनाई रहेको थियो ।

शिलान्यासमा मन्त्री साहले धार्मिक र सांस्कृतिक मौलिकता मन्दिर तथा मस्जिदको निर्माणले पुरा गर्ने विचार व्यक्त गरे । उनले भने , " मन्दिर र मस्जिदको निर्माण हाम्रो समाजको आवश्यकता हो । मठ मन्दिर बाट नै धार्मिक मानसिकता निर्माण हुने गर्छ । धार्मिकबाट हाम्रो समाजमा संस्कारको निर्माण पनि हुन्छ । त्यसैले मन्दिरको पनि निमार्ण अहिलेको युगमा जरुरि रहेको छ ।"

मन्त्री साहले मन्दिर निर्माणमा आवश्यक सहयोग रहने प्रतिबद्ध समेत व्यक्त गरे ।
मन्दिरको शिलान्यासमा मन्त्री, साह राजकिशोर साह ,रामदिनेश साह, श्याम लामा ,रिसिकेश साह लगायत रजखोर वासीको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

20 घन्टा पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

20 घन्टा पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

देश निर्माणको लागि चौतर्फी विकास हुनुपर्छ : मन्त्री साह

निरन्जन कुमार साहमहोत्तरी , बैशाख २५ गते नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री भरत प्रसाद साहले देश निर्माणको ..

11 दिन पहिले

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..

निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..

13 दिन पहिले

मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते   महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..

17 दिन पहिले

सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..

20 दिन पहिले