सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री साहले गरे पद ग्रहण नगर्ने घोषणा

20 दिन पहिले प्रकाशित

(2081-01-16 B.S.)

254 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , बैशाख १६ गते

नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागीय मन्त्री भरत प्रसाद साहले पद ग्रहण नगर्ने बताएका छन् । आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री मण्डल बिस्तार गरेका छन्  । पूर्व सहमतिको पालना नगरेको भन्दै माओवादीबाट विना विभागीय मन्त्री भएका भरत प्रसाद साहले वन मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री यादवले १५ सदस्यीय मन्त्री मण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा , माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्र संगको पुर्व सहमति अनुसार मन्त्री मण्डल विस्तार नगरेको भन्दै विनाविभागीय मन्त्री भरत प्रसाद साहले मन्त्री पद ग्रहण नगर्ने निर्णय गरेको बताए । पुर्व सहमति अनुसार माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने सहमति भएको भएपनि आइतवार मन्त्री मण्डल विस्तार गर्दा मुख्य मन्त्री यादवले साहलाई वन तथा वातावरण मन्त्रालय दिएपछी साहले सो पद अस्विकार भएको दावी गरेका छन् । उनले सहमति अनुसार मानेर जानुपर्ने थियो तर मुख्य मन्त्रीले मन्त्री मण्डल विस्तार गर्दा आफ्नो मनमानी र धाँधली गरेको आरोप लगाए ।   

नयाँ मन्त्रीहरूको जिम्मेवारीअनुसार सरोकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

21 घन्टा पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

21 घन्टा पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

8 दिन पहिले

देश निर्माणको लागि चौतर्फी विकास हुनुपर्छ : मन्त्री साह

निरन्जन कुमार साहमहोत्तरी , बैशाख २५ गते नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री भरत प्रसाद साहले देश निर्माणको ..

11 दिन पहिले

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..

निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..

13 दिन पहिले

मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते   महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..

17 दिन पहिले

मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्या..

निरन्जन कुमार साहमहोत्तरी , बैशाख १३ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मध..

23 दिन पहिले