नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले धर्ना दिएर प्रदर्शन ।
लकडाउनमा प्रहरीले पत्रकार, स्वास्थ्यकर्मी ,बैंकर्समाथि गरेको ज्यादतीको विरोधमा वीरगन्जमा सोमबार पत्रकारहरुले सडकमा धर्ना दिएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले घण्टाघर चोकस्थित सडकमा सोमबार बिहान ८ देखि साढे ८ बजे उभिएर धर्ना दिएर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा पत्रकारले सामाजिक दुरी भने कायम राखेका थिए । कोरोना भाइरसको महमारी रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि लकडाउन जारी छ । तर लकडाउन पालना गराउने बहानामा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुर्व्यवहार गर्ने तथा विभिन्न पेशा, व्यवसायदेखि नागरिक समाज र सर्वसाधारणलाई प्रहरीले दुर्व्यवहार गरेको गुनासो बढेको छ ।
सोमबार मात्रै वीरगन्जको नारायणी एफएम र नयाँ पत्रिकाका संवाददाता तिवारी यादवलाई एफएम स्टेशनबाटै पक्राउ गरेर हातपात गरेको थियो ।
४ घण्टा प्रहरी नियन्त्रणमा राखिएका यादवलाई पत्रकार संगठनको दबाबमा सोमबार बेलुकी साढे ६ बजे रिहा गरिएको थियो । उनको मोबाइल भने प्रहरीकै नियन्त्रणमा छ ।
दुइ दिनअघि वीरगन्जका बैंकर्सहरुले पनि प्रहरीको ज्यादति बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरु बन्द गरेका थिए । यस्तै चार दिन पहिले नारायणी अस्पतालका चिकित्सकहरुले पनि पत्रकार सम्मेलन नै गरेर प्रहरीले चिकित्सक र स्वास्थ्यकर्मीसंग दुर्व्यवहार गरेको गुनासो गरेका थिए । बैशाख ६ गते वीरगन्जका औषधी पसलेहरुले पनि प्रहरीले ज्यादती गरेको भन्दै २ दिनसम्म औषधी पसलहरु बन्द गरेका थिए ।
सोमबार बिहान धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले लकडाउनमा प्रहरीको ज्यादती बढ्दै गएकाले त्यसको विरोधमा महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए । ुवीरगन्जमा पत्रकारसँग प्रहरीले अपराधीको शैलीमा व्यवहार गरिरहेको छु , उनले भने, ‘पत्रकार तिवारी यादवको मोबाइल अझै पनि फिर्ता दिएको छैन, पत्रकार यादवलाई अनाहकमा पक्राउ गरी कुटपिट गर्ने दोषी प्रहरीमाथि कारवाहीको माग गरिए पनि पर्सा प्रहरीले अझै बेवास्ता गरेको छ ।ु
दोषी प्रहरीलाई कार्वाही नगरिए पत्रकार महासंघ अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पर्सा प्रहरीको जनता माथिको व्यवहार असहिष्णु हुदै गएको आरोप लगाए । जनताको करबाट राष्ट्रसेवकको रुपमा काम गर्ने प्रहरीले विना पारिश्रमिक समाजलाई सुसूचित गर्ने सेवामा कार्यरत पत्रकारहरुलाई लाठी चलाएर शासन गर्ने दिवास्वप्न नदेख्न भन्दै उनले प्रहरीलाई चेतावनी दिए ।
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
2 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरप..
कमेन्ट गर्नुहोस्
view comments