सम्सी ६ स्थित मदर्सामा बनाइएको क्वारेन्टाईन अव्यवस्थित हुँदा स्थानीयमा त्रास

6 वर्ष पहिले प्रकाशित

(2077-02-15 B.S.)

1659 पटक देखिएको

 जेठ १५ ,महोत्तरी

सम्सी गाँउपालिका वडा नं. ६ स्थित मदर्सामा तयार गरिएको क्वारेन्टाईनका कारण स्थानीय सर्वसधारणहरु त्रसित भएका छन् ।

चारैतिरबाट खुल्ला रहेको मदर्सामा गाँउपालिकाले बनाएको क्वारेन्टाईनका कारण स्थानियहरु त्रसित भएका हुन् ।

गौशाल सम्सी सडक खण्डको छेउ मै स्थापित रहेको क्वारेन्टाईनमा आवश्यक मात्रामा भौतिक पूर्वाधारको वन्दोवस्त नभएको कारण सर्वसधारणहरु चिन्तित भएका छन् ।

क्वारेन्टाईनभित्र घेराबेरा एवं शौचालयको अभाव रहेको छ जसको कारण क्वारेन्टाईनमा वस्नेहरु दिसापिसाव गर्नका लागि वाहिर जानुपर्ने बाध्यता रहेको छ । क्वारेन्टाईमा रहदै आएका ५० जनाले वाहिर खुल्ला स्थानमा दिसापिसाव गर्न जानेक्रमा प्रत्यक्ष रुपमा सम्पर्कमा आउने भए पछि गाँउ नै त्रसित भएका छन् ।

क्वारेन्टाईनमा वस्दै आएका शेख नमिन अख्तरका अनुसार शौचालयको अभावमा वाहिर खुल्ला स्थानमा दिसापिसाव गर्नुपर्ने बाध्यता रहेको जनाएका छन् । आफुहरुको गुनासो सुन्नका लागि गाँउपालिकाका प्रमुख शेख फारुख आएतापनि अहिलेसम्म कुनै भौतिक पूर्वाधारका निम्ति उचित कदम नउठाएको अख्तरको गुनासो रहेको छ ।

तीनदिनदेखि संचालनमा आएका सो क्वारेन्टाईनमा अझ गाँउपालिकाले चिकित्सक, खाना, शुद्ध खानेपानी, उचित घेरावेराको वन्दोवस्त गर्न नसकेको स्थानिय शेख अनमउल्लाहले बताउनुभयो । गाँउपालिकाको कार्यालयले खानाको प्रवन्ध गर्न नसकेपछि त्यहाँ बसेकाहरु घरबाटै खाना मगाएर खादै आएको अमनउल्लाहले जानकारी दिनुभयो ।

गाँउपालिकाको कार्यालयले समयमै रकम नपठाएतापनि आफुले जसोतसो आफनो वडामा तीन स्थानमा क्वारेन्टाईन संचालन गर्दै आएको वडा नं. ६ का वडाअध्यक्ष शेख उमैदले बताउनुभयो । आवश्यक वन्दोवस्तका लागि तत्काल गाँउघरबाट एक लाख रुपैयाँ सापटी लिई बन्दोवस्तमा जुटेको वडाअध्यक्ष उमैदले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

2 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

9 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

13 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

19 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

20 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

22 दिन पहिले