७ बुँदे माग राख्नै विरोध प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-02-25 B.S.)

1446 पटक देखिएको

जेठ २५ ,महोत्तरी

 कोरोना संक्रमण दिनानुदिन बढदै गएपनि तीनवटै तहको सरकारले काम नगरेपछि नेविसंघ महोत्तरीले आज विरोध जुलुस निकालेको छ।कोभिड–१९को महामारीबाट नेपाल पनि ग्रसित तथा त्रसित रहेको बेला संकटको घडीमा आम जनतालाई महामारीबाट बचाउनको लागि केन्द्र ,प्रदेश र स्थानीय सरकारलाई शसक्त रुपमा काम गर्नुपर्ने भएपनि आफ्नो जिम्मेवारी बहन नगरेको भन्दै विरोध जुलुस निकालिएको थियो

 तीनवटै तहको सरकारले महोत्तरी जिल्लामा कोरोना सम्बन्धि गम्भीरता पुर्वक काम नगरीरहेको अवस्था रहेको बताउँदै विद्यार्थी नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए । 

महोत्तरी जिल्लामै आज (आईतबार) सम्म ९५ जना संक्रमीत भएको खबर विभिन्न सँचारमाध्यमहरुमा आएको भन्दै विद्यार्थीहरुले जिल्लामा जलेश्वर अस्पतालमा मात्र कोभिड – १९ उपचार केन्द्र बनाइएकोप्रति आक्रोस प्रकट गरेका हुन् ।सो अस्पतालको आइसोलेशनको क्षमता ५० बेड मात्रै रहेको तथा अहिले धेरै जना सँक्रमितहरु आइसोलेसन बाहिर रहेको बताइएको छ । 

“यस्तो जोखिमपुर्ण अवस्थामा तीनवटै तहको सरकार सङ हाम्रो नेपाल विद्यार्थी संगठन महोत्तरीको तपशील अनुसारको मागहरु जिल्ला प्रमुख सिडियो एवं जिल्ला विपद व्यवस्थापन समक्ष आज ज्ञापन पत्र बुझाएका छौं ।”– नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा नविनद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यसका साथै, उनीहरुले ७ बुँदे माग राख्नै विरोध प्रदर्शन गरेका हुन् । आजको विरोध प्रदर्शनमा उनीहरुले पिसिआर चेकजाँच क्षमता बढाउन पर्ने र जिल्लाको लागि छुट्टै पिसिआर मेसिनको व्यवस्था मिलाउनुपर्ने माग उठाएका छन् । 

यस्तै, प्रत्येक वडामा  को मापदण्ड अनुरुप अनिवार्य रूपमा क्वारेन्टाइनको संख्या बढाई क्वारेन्टाइन लाई व्यवस्थापन, कोभिड उपचार केन्द्र थप गर्दै भेण्टिलेटर सहितको आइसोलेसनको संख्या बढाउन पर्ने, सीमामा फँसेको नागरिकहरु लाई व्यवस्थित तरिकाले उद्दर गर्नुपर्ने, गरिब विपन्न परिवारलाई समयमै राहतको व्यवस्था मिलाउनुपर्ने जस्ता मागहरु अघि सारेका छन् । 

उनीहरुले कोभिड –१९ को उपचार तथा यसबाट उतपन्न समस्याहरुको समाधानको लागि नियमित अनुगमन ,  भिडभाड हुने सरकारी कार्यालयहरुमा समाजिक दुरी र हाथ धुने व्यवस्थापन गर्नुपर्ने र कडाइका साथ अनुगमन जस्ता मागहरु सारिएको छ । विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा जलेश्वर नगरपालिका चौक बाट सुरु भएर जिल्ला प्रशासन कार्यलय मा गएर सम्पन्न भएको थियो । 

विरोध जुलुसमा नेविसंघका निबर्तमान केन्द्रीय सदस्य विजय राय, जिल्ला अध्यक्ष आशुतोष झा,  निर्बतमान क्याम्पस एकाई सभापति निवेश मंडल, नगर सभापति बादल साह, मुजाहिद अंसारी, मुकेश पासवान,सुमित साह, चन्दन साह लगायत दर्जनौं विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

20 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले