प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

6 वर्ष पहिले प्रकाशित

(2077-02-32 B.S.)

1511 पटक देखिएको

जनकपुरधाम, असार १  गते ।

प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको चौथो अधिवेशनको १० औं बैठकबाट प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

गएको जेठ २५ गते प्रदेशसभा बैठकमा प्रदेश २ प्रमुख तिलक परियारले अगामी आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र प्रतिपक्षी नेकपाका दलले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । काँग्रेस तथा नेकपाका सांसदहरु सदस्यहरु बाबुलाल साह,दिलिप कुमार साह, शिवचन्द्र चौधरी,गोविन्द बहादुर न्यौपाने,रुबी कुमारी कर्ण, नरेश कुमार यादव,सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेका थिए ।

उक्त सबै संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका छन् । प्रदेशसभाका अर्को बैठक सोमबार साँझ ५ बजेसम्मको लागि स्थगित भएको हो । सोमबार प्रदेशसभामा प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७।०८८ को बजेट प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

18 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले