गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहियो 

2 वर्ष पहिले प्रकाशित

(2080-07-21 B.S.)

10674 पटक देखिएको

महोत्तरी, कार्तिक २१ गते 

बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीको चार महिनाको गर्भ तुहिएको छ । १४ कात्तिकमा छिमेकीले बोक्सी आरोपमा सुन्दरकलासँगै उनकी सासू इतरिया देवी र परिवारका अन्य सदस्यलाई कुटपिट गरेका थिए । कुटपिट आरोप लागेका चारमध्ये दुईजना पक्राउ परिसकेका छन् । 
कुटपिटबाट गर्भमा समेत चोटपटक लागेकोमा पाठेघरबाट पानी बग्न थालेपछि जनकपुर अस्पतालमा जाँच गराउँदा उनको गर्भ तुहिएको पाइएको हो । त्यसअघि उनको गौशालास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भएको थियो

रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा जनकपुर लगिएकामा चिकित्सकले गर्भ तुहिएको बताएको उनका श्रीमान् देवेन्द्र महराले बताए । उनले भने, ‘गौशालामा श्रीमतीको अल्ट्रासाउन्ड जाँच गराउँदा चिकित्सकले औषधि दिएका थिए । तर, रक्तश्राव नरोकिएपछि जनकपुर लगेका थियौँ, गर्भको बच्चा बचाउन सकिएन । अहिले श्रीमतीलाई घर लिएर आएको छु ।’ सात वर्षअघि विवाह गरेका देवेन्द्रका चार र दुई वर्षका दुई छोरी छन् ।
महराको परिवारमाथि २७ असोजमा बोक्सी आरोपमा कुटपिट भएको थियो । दसैँको बिदाका कारण १७ कात्तिकमा छलफल डाकिएकोमा त्यसअघि नै १४ कात्तिकमा सन्तोष यादव, विनोद पासमान, चन्द्रशेखर यादव र केवल महतोलगायतले कुटपिट गरेका थिए । सन्तोष र विनोदलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको र फरार दुईजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

2 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

2 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

2 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

2 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

2 वर्ष पहिले

हत्या आरोपमा महोत्तरीबाट दुईजना भारतीय पक्राउ

महोत्तरी, कार्तिक १० गते  महोत्तरीमा हत्या आरोपमा दुईजना भारतीय युवकहरुलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरु..

2 वर्ष पहिले