गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहियो
महोत्तरी, कार्तिक २१ गते
बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीको चार महिनाको गर्भ तुहिएको छ । १४ कात्तिकमा छिमेकीले बोक्सी आरोपमा सुन्दरकलासँगै उनकी सासू इतरिया देवी र परिवारका अन्य सदस्यलाई कुटपिट गरेका थिए । कुटपिट आरोप लागेका चारमध्ये दुईजना पक्राउ परिसकेका छन् ।
कुटपिटबाट गर्भमा समेत चोटपटक लागेकोमा पाठेघरबाट पानी बग्न थालेपछि जनकपुर अस्पतालमा जाँच गराउँदा उनको गर्भ तुहिएको पाइएको हो । त्यसअघि उनको गौशालास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भएको थियो ।
रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा जनकपुर लगिएकामा चिकित्सकले गर्भ तुहिएको बताएको उनका श्रीमान् देवेन्द्र महराले बताए । उनले भने, ‘गौशालामा श्रीमतीको अल्ट्रासाउन्ड जाँच गराउँदा चिकित्सकले औषधि दिएका थिए । तर, रक्तश्राव नरोकिएपछि जनकपुर लगेका थियौँ, गर्भको बच्चा बचाउन सकिएन । अहिले श्रीमतीलाई घर लिएर आएको छु ।’ सात वर्षअघि विवाह गरेका देवेन्द्रका चार र दुई वर्षका दुई छोरी छन् ।
महराको परिवारमाथि २७ असोजमा बोक्सी आरोपमा कुटपिट भएको थियो । दसैँको बिदाका कारण १७ कात्तिकमा छलफल डाकिएकोमा त्यसअघि नै १४ कात्तिकमा सन्तोष यादव, विनोद पासमान, चन्द्रशेखर यादव र केवल महतोलगायतले कुटपिट गरेका थिए । सन्तोष र विनोदलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको र फरार दुईजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले बताए ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
3 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
3 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
3 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
3 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
3 वर्ष पहिले
हत्या आरोपमा महोत्तरीबाट दुईजना भारतीय पक्राउ
महोत्तरी, कार्तिक १० गते महोत्तरीमा हत्या आरोपमा दुईजना भारतीय युवकहरुलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरु..
3 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments