अस्थायी करारका कर्मचारीहरूको भेला सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-03-04 B.S.)

2764 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा ,असार  ४

सिम्रौनगढ नगरपालिकामा कार्यरत अस्थायी दैनिक ज्यालादारी तथा करार सेवाका कर्मचारीहरू सङ्गठित भएका छन्। आज उनीहरूले आयोजना गरेको भेलाको नगरप्रमुख विजयशङ्कर यादवले उद्घाटन गरेका थिए। उनले करार, अस्थायी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको भूमिका नगरपालिकामा स्थायीसरह भएको दाबी गरेका हुन।

उनले स्थायीसरह नै अस्थायी, ज्यालादारी, करारका कर्मचारीहरूको भूमिका भएकोले उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। अस्थायी, करार, ज्यालादारीमा कार्यरत करीब सयजनाभन्दा बढी कर्मचारीले स्थायी कर्मचारीबाट कामको सिलसिलामा हेपिनुपरेको र प्रत्येक असार महिनामा जागीर जाने हो कि भनी चिन्ता लिनुपरेको गुनासो गरेका थिए । नगरप्रमुख यादवले सिम्रौनगढको विकासमा अस्थायी, दैनिक ज्यालादारी, करार सेवाका कर्मचारीहरूको पनि भूमिका भएकोले उनीहरूलाई विनाकारण नहटाइने प्रतिबद्धता जाहेर गरेका थिए।

उनले बजेटले भ्याउन्जेल कर्मचारीहरूलाई नहटाउने बताएका छन। कार्यक्रममा उपप्रमुख रीमादेवी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, योजना शाखा प्रमुख जितेन्द्र यादव, नेपाल पत्रकार महासङ्घ बाराका उपाध्यक्ष रामबाबू मेहता, मुकेश मेहतालगायतले मन्तव्य व्यक्त गरेका थिए। स्वास्थ्य सेवा प्रमुख डा जितेन्द्र यादवको अध्यक्षतामा भएको भेलामा सुचिता कर्णले स्वागत र साहेब ठाकुरले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

3 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

10 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

14 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

20 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

23 दिन पहिले