मोहोरीमा पुरानो ड्याम दुई स्थानमा जीर्ण भई भत्किंदै

6 वर्ष पहिले प्रकाशित

(2077-03-04 B.S.)

2569 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा अषाढ ४ बारा

निजगढ नगरपालिका वडा नं.४ बागदेवस्थित मोहोरीमा पुरानो ड्याम दुई स्थानमा जीर्ण भई भत्किंदै गएको छ। बर्सेनि बाढीले कटान गर्दा ड्यामको १२ भन्दा बढी स्थान अति कमजोर भइसकेको छ। पुरानो ड्यामको बेलैमा मर्मत सम्भार हुन नसक्दा वर्षायाममा फुट्ने क्रम बढ्दै गएको हो। पुरानो ड्यामको तारजाली जीर्ण भई चुडिएकोले बितेको चार पाँच वर्षयतादेखि सो क्षेत्र उच्च जोखिममा पर्दै आइरहेको छ।

सो क्षेत्रबाट नदीजन्य पदार्थ बर्सेनि ठेक्कामार्फत् उत्खनन भइरहेको छ। जसको कारण खोला गहिरिएर ड्यामको तारजाली चुँडिने र भत्किने भएपनि सोको मर्मत सम्भारतर्फ भने सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीय हस्तबहादुर कार्कीले बताउनु भयो। द्रुर्तमार्ग निर्माणका लागि निजगढमा खटिएका नेपाली सेनाको सडक निर्माण कार्यदल सुरक्षा बेस क्याम्प बागदेवले थप ड्याममा क्षति नहोस् भनेर खोलाको बहावलाई पश्चिमतर्फ बग्ने गरी च्यानालाइज्ड गरिएको छ। उक्त च्यानालाइज्डबाट सानो बाढीको बहाव फर्किए पनि ठूलो बाढी आउँदा पुरानै धारमा खोला जाने तथा ड्यामलाई कटान गर्दै भत्कने फुट्ने सम्भावना अधिक रहेको स्थानीय युवा सागर गौतमले बताएका छन।

ड्याम भत्किएमा दुई हजारभन्दा बढी घरधुरीसँगै खेतीयोग्य जमिन र संरक्षित वन क्षेत्रमा समेत क्षति पुग्ने बागभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन लामिछानेले बताउनु भयो। चुरे संरक्षण कार्यक्रम अन्तर्गत निजगढ बकैया खोलाको तीन स्थानमा तटबन्ध गर्ने कार्यको ठेक्का लागे पनि सम्झौता हुन विलम्ब भइरहेको छ। हिउँदयाममा गर्नुपर्ने तटबन्ध ड्याम निर्माण र तारजाली भर्ने काम वर्षा लागेपछि गर्ने पुरानै शैली दोहोरिने क्रम जारी छ। निजगढको बकैया खोलाको मोहोरी खिला टोल र आर्यघाट आसपास गरी तीन स्थानमा जन्म भूमेश्वर निर्माण सेवा, काठमाडौं र आलमदेवी निर्माण सेवा सिमराले तटबन्ध गर्ने ठेक्का पाएका छन्।

तर काम गर्नेबारे सम्झौता अझै भइनसकेको ठेकेदार विजय तिमल्सिनाको भनाइ छ। वर्षायाम लागेपछि नदी नियन्त्रणको नाममा हतारहतार काम गर्ने र योजना तथा कामको गुणस्तर कमजोर बनाइ अनियमितता गर्ने चलन दोहोरिन लागेको भन्दै स्थानीय बासिन्दाले सतर्कता बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन । ड्याम कमजोर भई फुटेमा निजगढ वडा नं ४ बागदेव, कछडिया बस्ती हुँदै ५, ८, ९ नं वडामा समेत यसको प्रत्यक्ष असर पर्ने देखिएको छ। जसबाट १५ सयभन्दा बढी घरधुरी प्रभावित हुने र ठूलो परिमाणमा खेतीयोग्य जमिन बगेर हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

17 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले