भाईरसबाट जोगिन सचेतनामुलक कार्यक्रम

6 वर्ष पहिले प्रकाशित

(2077-03-07 B.S.)

4462 पटक देखिएको

दिपेन्द्र जयसवाल, असाढ ७

रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक कार्यक्रम गरिएको छ । चन्द्रपुरका व्यवसायी तथा उपभोक्ताहरु कोरोना भाईरस (कोभिड १९) को मुख्य जोखिममा पर्ने भएको हुनाले नागरिक समाज चन्द्रपुर तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको संयुक्त पहलमा जन चेतना अभियानको सुरुवात गरिएको हो । रौतहटमा दिनप्रतिदिन कोरोना भाईरसको त्रास बढ्दै गएपछि सो अभियानको सुरुवात गर्नुपरेको नेपाली काग्रेसका नेता अजय कुमार साहले जानकारी दिनु भयो ।

उहाले शनिबार देखि चन्द्रनिगापुरको मुख्य बजार बाट सुरु गरिएको सो अभियान निरन्तर जारी राख्ने बताउनु भयो । व्यवसायी तथा उपभोक्ताको हित तथा कोरोनाबाट बच्न बचाउन माक्स सेनिटाईजर वितरण गदै चन्द्रनिगाहपुरको हरेक पसलमा पुगेर सर्तक रहन आग्रह गरिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल जयसवालले जानकारी दिनु भयो ।

उहाले साबुन पानीले हात धोऔं, सामाजिक दुरी कायम गरी व्यापार गरौं, माक्स तथा सेनिटाईजरको प्रयोग गरी आफु पनि बचौं अरुलाई पनि बचाउ भन्दै हरेक पसलमा पुगेर सतर्कता अपनाउन आग्रह गरेको बताउनु भयो । सो अभियानमा उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरे, नागरिक समाज चन्द्रपुरका दिल बहादुर कोईराला, बिभु पोखरेल, नेबिसंघ रौतहटका नेता श्यामहरी चौैलागाई, भिमराज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

15 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले