सर्लाहीबाट नेपाल भित्रियो वनस्पति नाशक सलह किरा

6 वर्ष पहिले प्रकाशित

(2077-03-13 B.S.)

2324 पटक देखिएको

असार १३ 

 केही हप्ता अघि भारतको बंगालमा देखिएको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ । शनिबार अचानक सर्लाहीमा करिब एक लाखको संख्यामा देखिएको उक्त किरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टी गरेका छन् ।

राज्यमन्त्री यादवले बाह्रखरीसँग भने, “सर्लाहीमा हजारौंको संख्यामा देखिएको नौलो किरा सलह नै हो । सर्लाहीमा सलह आएको विषयमा द्विविधा रहेन अब कति संख्यामा र कुन नाकाबाट नेपालमा प्रवेश गरेको हो भन्ने विषय मुख्य अनुसन्धानको कुरो हो ।”

सलह किरा नेपाल प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरुको टोली परिचालन गरिएको राज्यमन्त्री यादवले जानकारी दिए । उनका अनुसार उक्त टोली अहिले सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा बसेर काम गरिरहेको छ ।

यसैबीच, सलह किरा नेपालमा पसेको नाका पहिल्याउन, कति संख्यामा रहेको भन्ने यकिन गर्न र यसलाई नियन्त्रण गर्न सक्ने आधारको वारेमा छलफल गर्न नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायत मुलुकका कृषि वैज्ञानिकहरु जुम मिटिङमार्फत छलफल सुरु गरिसकेको र केही घण्टाभित्रै विस्तृत विवरण सार्वजनिक गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

14 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले