२६ जिल्लामा पुग्यो सलह किरा
असार १६ ,महोत्तरी
सलह किरा नेपालको २६ जिल्लामा पुगेको छ । गएको शनिवार भारतको विहार हुँदै बारा, पर्सा र आइतवार कपिलवस्तुबाट नेपाल छिरेका सलह मंगलबारसम्म २६ जिल्लामा फैलिएको हो ।
प्लाण्ट क्क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार असार १३ गते सलह बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएका थियो भने १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङमा फैलिएको थियो ।
त्यस्तै असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलालीसम्म फैलिएको छ ।
बारा र पर्सामा करिब दुई तीन हजारको संख्यामा देखिएको सलह मकवानपुरसम्म पुग्दा अनुमानित १० लाख देखिएको केन्द्रले जनाएको छ ।
त्यही सिन्धुलीमा पाँचदेखि सातलाखको हाराहारीमा देखिएको थियो भने कपिलवस्तुमा करिब सात हजारको संख्यामा देखिएको थियो । सोही दिन पाल्पामा देखिएको सलह करिब चारदेखि पाँचलाखको संख्यामा रहेको केन्द्रले जनाएको छ ।
त्यसको भोलिपल्ट अर्थात असार १४ गते स्याङ्जामा करिब ५० हजारको संख्यामा देखिएको थियो । दाङमा करिब चार हजारको संख्यामा देखिएको थियो तर त्यही दिन विहान कपिलवस्तुमा आठदेखि १० लाखाको सँख्यामा देखिएको भन्दै केन्द्रले त्यही दिन कास्कीका एक दुईलाखको हाराहारीमा देखिएको जनाएको छ ।
पाँचथर, उदयपुर र खाटाङमा एकदम न्युन संख्यामा देखिएको थियो । असार १५ गते चितवनमा पनि देखिएको थियो । प्युठान, गुल्मी, कैलाली रामेछाप, काभ्रे र काठमाडौ उपत्यकाका पनि छिटपुट देखिएको थियो ।
अहिलेसम्मको तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी क्षति मकवानपुरमा देखिएको छ । त्यहाँ एकहजार रोपनीमा लगाइएको मकैमा क्षति पुर्याएको छ भने अन्य ठाउँमा थोरै मात्रामा क्षति पुर्याएको केन्द्रका प्रमुख सहदेव हुमागाइँले बताए ।
प्लाण्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका रामकृष्ण सुवेदीले भैरहवामा देखिएको सलह दाङ, प्युठान, अर्घाखाँचीतिर सरिरहेको जानकारी गराए ।
प्युठान र दाङको विभिन्न ठाउँमा आकाशमा सहल उडिरहेको देखिएको सूचना आएको बताउँदै उनले लमहीको वडा नम्बर ८ मा राप्ती किनारतिरको बारीमा रहेको बारीमा केही क्षति गरेको सूचना आएको बताए । तर कति क्षति गरेको त्यसको तथ्यांक नआएको उनको भनाइ छ ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
14 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
8 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
21 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments