जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम मार्फत बजेट सार्वजनिक गर्न माग

6 वर्ष पहिले प्रकाशित

(2077-03-19 B.S.)

3409 पटक देखिएको

Radio Juntara

दिपेन्द्र जयसवाल,बारा असार १९

नेपाली काग्रेस नगर कार्यसमितिले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम मार्फत बजेट सार्वजनिक गर्न माग गरेको छ । जीतपुरसिमरा उममहानगरपालिकालाई आज ध्यानाकर्षण पत्र बुझाउदै नेपाली काँग्रेसले हाल सम्म भएका विकासका गतिविधिहरु समेत सन्तोषजनक नभएको भन्दै नगरको ध्यानाकर्षण गरेको हो ।

नेपाली काँग्रेस नगर सभापति श्यामबाबु गुप्ताको नेतृत्वको टोलीले मेयर डा.कृष्ण पौडेललाई उनकै कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएको कार्यसमितिका सचिव सुशिल ढोडारीले बताउनु भयो ।काँग्रेसले आफ्नो ज्ञापन पत्रमा गत आयव्यको खर्च विवरण पारदर्शी ढंगबाट हुनुपर्ने, कोरोना अस्थाई अस्पतालको खर्च पारदर्शी हुनु पर्ने, नगर भित्रका प्रदुषणलाई नियन्त्रण गर्न पहल कदमी लिनुपर्ने माग राखेको छ ।

यसै गरी उक्त ज्ञापन पत्रमा नगर भित्र भएका विकास निर्माणका कार्यहरु उपभोक्ता समिति खडा गरी संस्थागत भ्रष्टचार भईरहेको भन्दै उपभोक्ता समिति मार्फत हुने कार्य बन्द गर्न माग गरेको छ । विगतमा वडालाई छुट्याईएको बजेट हचुवाको भरमा वितरण गरिएको भन्दै आगामी दिनमा वैज्ञानिक आधारमा रही जनसंख्या र भूगोललाई आधारमा वितरण गर्न समेत नेपाली काग्रेसले ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख डा. पौडेलले ज्ञापन पत्रका भएका समसामयिक विषय प्रति नगरको ध्यानाकृष्ट भएको भन्दै सुझावका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्य गरेर काम गर्न आफु र नगर तयार रहेको बताउनु भयो ।

ज्ञापन पत्र बुझाएपछि नेपाली काँग्रेस नगरकार्यसमिति बाराले सिमरामा पत्रकार सम्मेलन गरी आफुले उठाएका मागहरुका बारेमा पत्रकारलाई जानकारी गराएको थियो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य शोभाकर पराजुली, प्रदेश सभा सदस्य सोभा लामा ,नारायणी रायमाझी, काग्रेसबाट निर्वाचित वडाध्याक्ष, वडा सभापति पार्टीका भातृसंगठन, शुभेच्छुक संघ संघठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

12 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले