रौतहटमा दुइ दिनदेखि परेको अविरल बर्षाले रौतहटको विभिन्न स्थान डुवानमा

6 वर्ष पहिले प्रकाशित

(2077-03-26 B.S.)

3324 पटक देखिएको

दिपेन्द्र जयसवाल असार २६

रौतहटमा दुइ दिनदेखि परेको अविरल बर्षाले रौतहटको विभिन्न स्थान डुवानमा परेपछि रौतहट क्षेत्र नं. ४ प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिनाले डुवान क्षेत्रको निरिक्षण गर्नु भएको छ । दुइ दिनको निरन्तर बर्षाले रौतहटको चन्द्रपुर नगरका सबै वडाहरु डुवानको जोखिममा परेको छ ।

चन्द्रपुर नगरपालिका अन्तर्गत बागमति , पौराइ , मंगलपुर जुडिबेला , लच्का , कलटोल , फुलबारी , गैडाटार , ठाडाटोल , चन्द्रपुर चोक क्षेत्र , बजार , सन्तपुर , बसन्तपुर , मरदर , चेतनगर , बालचनपुर लगायतका अधिकांस क्षेत्र डुवानको जोखिममा परेको सांसद तिमल्सिनाले बताउनु भयो ।

धेरै स्थानमा पानीको निकास नबनाई बिकासका कामहरु भएकोले बर्षातको पानी ताल झै जमेको देखिएको बताउनु भयो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.२ स्थित लच्कामा विहिबारदेखि परेको निरन्तर बर्षाका कारण पुर्वपश्चिम राजमार्ग अबरुद्ध भएको थियो । आज १ बजेसम्म अबरुद्ध राजमार्ग पानीको बहाव कम भएपछि पुन सञ्चालनमा आएको छ ।

पुर्वपश्चिम राजमार्गमा देशैभरिका जनताहरु आवतजावत गर्नु पर्ने भएकाले आफुले लच्कालाई व्यवस्थित बनाउन सरकारसंग धेरै आग्रह गरेको तर सुनुवाइ नभएको दुखसो पोख्नु भएको छ । डुवानबाट जोगिन अब रौतहटमा पानीको निकासतर्फ ध्यान जानु पर्नेमा उहाले जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

10 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले