कल्पनालाई यातना दिएपछि आत्महत्या
जनकपुरधाम, असार २८ गते ।
ससुराली पक्षले जग्गाको विषयलाई लिएर यातना दिएपछि छोरीले आत्महत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका ४ विद्यापती चोक स्थित २२ वर्षीय कल्पना ठाकुरले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
तर माइती पक्षले छोरीको सासु र पतिले पटक पटक यातना दिएपछि सहन नसकेर आत्महत्या गरेको आरोप लगाएका हुन् । कल्पनाकी आमा रिंकी पाण्डेले कल्पनाको पति र सासुले दहेजका लागि पटक–पटक ब्ल्याकमेलिङ गरेको दबाब सहन नसकेर झुण्डिएर आत्महत्या गरेको दाबी गरेकी छन् ।
८ लाख दाइजो दिएर २०७४ सालमा कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका–२ डाम्ही महेशपुरका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग भएको थियो । कल्पना केहि महिना पहिला देखी आफ्नो माइतीमै बस्दै आएकी थिइन् । कल्पनाकी आमाका अनुसार छोरी र ज्वाई बिच दाइजोको जग्गाको नामसारीको विषयलाई लिएर विवाद हुँदै आएको थियो ।
करिब १५÷२० दिन पहिला ज्वाई जितेन्द्र आफ्नो कार्यस्थल सर्लाहीको लालबन्दी फर्केपनि छोरी र ज्वाइ बिचमा फोनमा झगडा जारी नै रहेको रिंकीले बताईन् । ज्वाइले आफ्नो आमाको इसारामा छोरीलाई जग्गाको लागि पटक पटक मांसिक यातना दिदैं आएको आरोप रिंकीले आरोप लगाइन् ।
उनले भनिन्, ‘जग्गाको नामसारीको विषयमा ज्वाइले हामीलाई केही नभनि छोरीलाई तनाव दिदैँ आएका थिए । ज्वाइले फोनमा समेत कल्पनालाई गालीगलौज र अपशब्द प्रयोग गथ्र्यो ।’ ससुराली पक्षले विवाह भएको करिव एक बर्ष पश्चात नै छोरीलाई निरन्तर मांसिक तनाव दिदैँ आएको माइती पक्षले आरोप लगाएको छ ।
ससुराली पक्षले दिएको तनाव र पतिको गालीगलौज सहन नसकेर छोरीले आत्महत्या रोजेको कल्पनाकी बुवा दरोगा साहले बताए । धनको लोभमा परेर जितेन्द्रले छोरीसँग विवाह गरेको दरोगाको आरोप छ ।
दरोगाले दाइजोमा दिएको जग्गा छोरीको नाउँमा नामसारी गराउन चाहन्थे भने जितेन्द्रका आमाले जितेन्द्रकै नाउँमा जग्गा नामसारी गर्न दबाब दिएकी थिइन् । मृतक कल्पनाकी डेढ बर्षिय एउटा छोरा रहेको छ । यस घटनामा आफुहरु ससुराली पक्ष विरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेकोले मुद्दा दर्ता गर्न लागेको बताइन् ।
स्रोत ; टुडेपाटी
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
9 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments