पाँचदिन महोत्तरी लगाएत देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह
साउन ४
नसुनी वायुको प्रभाव रहेका कारण आज (आइतबार)देखि पाँच दिनसम्म महोत्तरी जिल्ला सहित देशभर निकै ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाँन दिन देशभर ठूलो वर्षा हुने र त्यसले व्यापक रुपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञहरुले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन् ।
राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आजदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन आग्रह गरेको छ ।मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएको महाशाखाले गरेको छ ।
आजदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागले सबैलाई सतर्क रहन आह्वान गरेका छन् । विशेष गरी प्रदेश १, २, ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको विपद् प्राधिकरणले जनाएको छ । देशका एक दुई स्थानमा अति भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
साथै महोत्तरी जिल्लाको विभिन्न क्षेत्रमा भारी बर्षा हुने भएकाले र बाढी आउन सक्ने सम्भावना भएकाले सतर्क अनुरोध गरिएको छ ।
पाँच दिनसम्म पर्ने यो पानीले देशभरका साना ठूला नदीहरुको जलसतह उल्लेख्य बढ्ने र केही नदीहरुले सतर्कताको तह समेत पार गर्ने अनुमान छ । बाढी र पहिरोका कारण धेरै घर परिवार विस्थापित हुन सक्ने र जनधनको क्षति हुन सक्ने प्रारम्भिक अनुमान प्राधिकरणले गरेको छ । मनसुन सुरुभएपछि परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांस भाग गलिसकेकोले पाँच दिनसम्म पर्ने पानीले जोखिम थप बढाएको हो ।
प्राधिकरणले विज्ञप्ती निकालेर राहात र उद्धारका लागि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा राखेको जनाएको छ । कुनै पनि ठाउँमा ठूलो बाढी र पहिरो आएमा ११४९ र ११५५ नम्बरमा कुनै पनि बेला फोन गरेर जानकारी गराउन सकिनेछ ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
14 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
28 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
28 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments