महोत्तरीको भंगहा नगरपालिका ९ हरिनमारीमा बसोबास गर्दै आएका २ डोम परिवारको घर बनाउन अवरोध
महोत्तरी , साउन ५
महोत्तरीको भंगहा नगरपालिका ९ हरिनमारीमा बसोबास गर्दै आएका २ डोम परिवारको घर बनाउन अवरोध गरिएको छ । गत चैत महिनामा प्रदेश सरकारको जनता आवास कार्यक्रममा दुई कोठे पक्की घरको योजना पाएका यी दुई परिवारको घर कथित उपल्लो जातले बन्न नदिएको उनीहरुको गुनासो छ ।
फुसको घरमा टिनको जस्ताले छाएको घरमा बस्दै आएका डोम समुदायले जनता आवास अन्तर्गत घर बन्ने भएपछि आधा घर चैतमै भत्काइदिएका थिए । एउटा घरमा जसोतसो बस्दै उनीहरु पक्की घरको सपना देख्दै आएकोमा उनीहरुको घर नै निर्माण नहुने छाँटकाँट देखिएको छ ।
यहाँ घर नै बन्न नदिएर आफूहरुलाई यहाँबाट भगाउनै खोजेको ४६ बर्षीय सिकेन्द्र मरिक बताउँछन् । ‘नयाँ घर निर्माण गर्न गएको चैत्र मसान्तमा नै आधा घर तोडे’ उनी भन्छन्, “त्यसपछि पक्की घरको काम अगाडि बढ्न दिइएको छैन् ।”
गत चैत्रमा जनता आवास कार्यक्रम अन्तरगत २ कोठे पक्की घर निर्माण गर्ने मल्लिक परिवारले खबर पाए । मल्लिक परिवार खुशीले गदगद भए । मल्लिक परिवारकै ललिता मल्लिक उपभोक्ता समितिको अध्यक्ष समेत भइन् । ललिता वैशाखमा नै घर निर्माण गर्न इट्टा, बालुवा, सिमेन्ट र रड माग्यो । सीकेन्द्र मल्लिक पाँच पुस्तादेखि हरिनमारि गाउँको १० धुर ऐलानी जमीनमा बस्दै आएका छन् ।
यसकारण घर निर्माणमा कुनै प्रकारको समस्या नआउने भन्दै ललिता ढुक्क साथ घर निर्माणको लागि सम्पूणर् तयारी गरिन् । काम सुरु गर्दा सोी ठाउँमा जग्गा भएका स्थानीय केहि व्यक्ति विरोधमा उत्रेको उनीहरुको भनाई छ । ती व्यक्तिले गाउँमा डोमको घर निर्माण हुनै नदिने अडान लिएको उनीहरुको भनाई छ । ‘त्यस यता दैनिक जनप्रतिनिधि देखि स्थानीय नेता गुहारीरहेका छौं’ उनले भने, “तर, कसैले कुनै चासो देखाएको छैन् ।”
सरकारले छुवाछुत जस्ता कुप्रथा समाजबाट हटाए पनि त्यो समस्या अझै गाउँमा विद्यमान छ । छिमेकी घडेरी भएका मानिसहरूले मल्लिक परिवारलाई सधैं हप्काएर राखेको स्थानिय गाउँलेहरु बताउँछन् । उनीहरू मल्लिक परिवार गाउँबाट अन्तै विस्थापित गर्ने योजनामा छन् । मल्लिकको वरिपरि सबै जग्गा घडेरी छन् । त्यस वरिपरि प्रति कठ्ठा रु १० लाखमा बिक्री हुने गर्छन् । दलित भएको ठाउँमा अन्य जातिका मानिसहरू उक्त ठाउँमा नबस्ने चलन छ । यसकारण मल्लिकको छिमेकीहरु घर निर्माणमा विरोध गर्दै आएका छन् । छिमेकीहरूले सडकसमेत अतिक्रमण गरी उनको घर हटाउने प्रयास गरेको छ ।
मल्लिक परिवारलाई पटक पटक छिमेकीहरूले उठिबास गराउने प्रयास गरेको उनीहरुको भनाई छ । वि सं २०६६ सालमा पनि स्थानिय जनप्रतिनिधिले विकाशको नाममा डोजरले घर भत्काउन प्रयास गरेको उनीहरुले बताएका छन् ।
सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा वञ्चितीकरण गरिएका तथा राज्यको मुल प्रवहबाट पछाडि रहेको दलितमाथि अझै विभेद र हिंसाको घटना हुने गरेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए । उनले सिकेद्र मल्लिक एक सत्ता भित्र न्याय नपाए आफुहरु कडा कदम चाल्ने बताएका छन् ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
14 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
28 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
28 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments