बाराको कोल्हबी नगरपालिका जंगली बाघद्वारा त्रसित

6 वर्ष पहिले प्रकाशित

(2077-04-09 B.S.)

2982 पटक देखिएको

बारा, साउन १०  

बाराको कोल्हबी नगरपालिका वडा नं. ८ मा केहीदिन अघिदेखी जंगली बाघले स्थानियलाई त्रसित बनाईरहेको छ । केहीदिन अघिमात्रै कोल्हबी ८ मा एक गाई र कुकुर मारेको घटना बाहिर आएको थियो । अहिले सोही बाघ गाउँमा पुन देखिएपछी स्थानिय आतंकित बनेका छन् ।

वडा नम्बर ८ का स्थानिय मिलन हमालका अनुसार ८ नम्बर वडाको एक निजि बिद्यालय पछाडी घना बस्तीकै बिचमा घाँस काटने महिलाहरुले बाघ देखेपछी आतंक फैलिएको हो । स्थानियका अनुसार बाघ सहित दुई डमरु बच्चा पनि साथमै रहेको बुझिएको छ । बाघलाई सम्बन्धित निकायले तुरुन्त नियन्त्रणमा नलिने हो भने मानविय क्षती हुन सक्ने भन्दै स्थानियले हारगुहार गरिहरेका छन् ।

यता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले सो क्षेत्र डिभिजन वन कार्यालय बाराको भएको बताएका छन् । उनले डमरु सहितको बाघ भएको भए त्यसलाई नियन्त्रण लिन समेत नसकिने बताएका छन । बच्चा सहितको बाघ नियन्त्रण गर्न हामीसंग मेन पावर छैन त्यसका लागी चितवनबाट नै टोली मगाउनुपर्छ उनले भने बच्चा सहितको बाघ गाउँमा बस्दैन त्यसले उपयुक्त माहोल मिलाएर जंगल नै फर्किन्छ ।

महर्जनले बच्चा बोकेर हिंडने बाघहरु खतरनाक हुने भन्दै स्थानियलाई सतर्क रहन समेत आग्रह गरेका छन् ।यसैबिच डिभिजन वन कार्यालयका प्रमुख मन्जुर आलमले टोली छ्टिटै सो क्षेत्रमा पठाउने बताएका छन् । उनले पनी बाघलाई नियन्त्रणमा लिने क्षमता भने नभएको बताएका छन । त्यसरी देखिएको भए स्थानियलाई सावधानी अपनाउन आग्रह गर्ने हो । उनले भने हामीले निकुञ्जसंग सहकार्य गरेर त्यहाँ पुग्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

55 मिनट पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले