जनकपुरमा जलाउनै लागिएको लासलाई प्रहरीले चिताबाट नियन्त्रणमा लिए

6 वर्ष पहिले प्रकाशित

(2077-04-10 B.S.)

2276 पटक देखिएको

साउन १० गते 

जनकपुरमा जलाउनै लागिएको लास (शव) लाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

प्रदेश नं. २ को धनुषा जिल्लाको बटेश्वरबाट लासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बटेश्वर गाउँपालिका वडा नं. २ कचहरी टोल बस्ने अन्दाजी बर्ष ८० का वृद्ध राम विलास ठाकुरको लास नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले ठाकुरलाई कुटपिट गरी हत्या गरेको जानकारी र आशंकामा लास नियन्त्रणमा लिएको हो । त्यहाँ स्थित नजिकै रहेको बडहरी खोलामा जलाउँदै गर्दा ठाकुरको शव नियन्त्रणमा लिएका छन ।
ठाकुरको परिवारिक सदस्यले शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको किल्निकमा उपचारको क्रममा मृत्यू भएको बयान दिइएको छ ।

तर, जलाउँदै गरेको ठाकुरको जिउमा डाम र टाउकोमा रगत जमेको हुँदा शंकास्पद देखिएको भन्दै पोष्टमार्टम पश्चात मात्रै अन्तिम सँस्कार गर्न दिने जनाइएको छ । ठाकरको लासलाई पोष्टमार्टमको लागी प्रदेशिक अस्पताल जनकपुर पठाईएको प्रहरी निरिक्षक पप्पु नायकले जनाए ।

शव जलाउनको लागि काठी, लकडी सहित चितामा समेत राखिसकेको अवस्थामा मलामीहरु सहितको उपस्थितिमा आगो लगाउने तरखरमा थियो । आगो लगाउनु पूर्व नै प्रहरी गएर लास नियन्त्रणमा लिएको हो ।

स्रोत ;   न्युज ब्यूरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले