विद्यार्थी संगठन पदाधिकारीको बैठकद्वारा पुरानै पदाधिकारी ब्युँताउने निर्णय

6 वर्ष पहिले प्रकाशित

(2077-12-12 B.S.)

10297 पटक देखिएको

चैत्र १२ 

नेकपा (माओवादी केन्द्र) समर्थित विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको माओवादी केन्द्र निकट विद्यार्थी संगठन पदाधिकारीको बैठकले बिहीबार पुरानै पदाधिकारी ब्युँताउने निर्णय गरेको हो । 

यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे । 

अनेरास्ववियू (क्रान्तिकारी) ब्युँतिएपछि पुरानै पदाधिकारी पनि पुनर्जीवित भएको छ। पुरानै पदाधिकारी पुनर्जीवित हुँदा अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव  र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।

यसैगरी उपमहासचिवमा जीपी मैनाली र तुकमान महरा छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की, मदन भट्टराई, सूर्यनारायण साह, क्षीतिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।

सुर्यनारायण साहको  अनुसार चैत्र १४ गते काठमाडौंमा केन्द्रीय कमिटीको  बैठक बस्दै छ । बैठकले नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले