गौशालाको कान्तिबजारमा चैते दशैको कलश

25 दिन पहिले प्रकाशित

(2080-12-27 B.S.)

880 पटक देखिएको

कान्तिबजार , चैत्र २७ गते 

महोतरीको गौशाला स्थित कान्तिबजारमा चैते दसैको पहिलो दिन कलश यात्रा निकालिएको छ । कान्तिबजारमा रहेको दुर्गा मन्दिरमा चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैको पहिलो दिन मंगलबार कलश यात्रा निकालिएको हो ।

कान्तिबजारबाट सुरु भएको यात्रा एघार नम्बर, सात नम्बर, लक्ष्मिनिया हुदै रुपनीमा कलश भरी परडिया हुदै कान्तिबजार आएको थियो । बाजागाजा सहित सुरु भएको यात्रामा २ हजार भन्दा बढी स्थानीय सहभागी भएका थिए ।

कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहाँ वर्षेनि चैते दशै भव्यताका साथ मनाइदै आईएको छ । कलश यात्रामा सभाागिहरुलाई स्थानीयहरुले जुश, पानी, सर्वत र अबिरले स्वागत गरेका थिए । गर्मीको समयमा खालिखुट्टा हिड्ने समस्या हुने भएर सडक पानीले भिजाइएको थियो । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसै हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दसैलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैलाई चैते दसै भनिन्छ ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख छ ।

चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ । ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते   महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..

3 दिन पहिले

सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..

6 दिन पहिले

मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्या..

निरन्जन कुमार साहमहोत्तरी , बैशाख १३ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मध..

9 दिन पहिले

रजखोर मा.वि. ले प्रथम द्धितिय र तृतीय विद्यार्थीलाई गर्य..

निरन्जन कुमार साहमहोत्तरी । बैशाख ११ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मा.वि. रजखोरले सोमबार ..

12 दिन पहिले

आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : म..

ममता शर्मा महोत्तरी , बैशाख ८ गते नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको ..

15 दिन पहिले

मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते   महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..

3 दिन पहिले

सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..

निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..

6 दिन पहिले

मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्या..

निरन्जन कुमार साहमहोत्तरी , बैशाख १३ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मध..

9 दिन पहिले

गौशालाको राम जानकी इंगलिश बोर्डिंग स्कुलको २१ औं वार्षि..

ममता शर्मा महोत्तरी वैशाख ७ गते   महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको रामजानकी इंगलिश बोडिंग स्कुल..

15 दिन पहिले

सोनमामा मन्त्री यादवद्वारा भवनको शिलान्यास

अनिल कुमार यादव चैत्र २९ गते महोत्तरी महोतरीको सोनमा गाउँपालिकामा सामुदायिक भवनको शिलान्यास भएको छ । मधेश प्रद..

23 दिन पहिले

सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम सुर..

महोत्तरी  महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम विहिवारबाट सुरु भएको छ। सुरु ..

29 दिन पहिले