व्यापार व्यवसाय ठप्प भएकाले कर तिर्न सकिने अवस्था नरहेको भन्दै छुट दिन सरकारसँग अपिल

5 वर्ष पहिले प्रकाशित

(2078-02-26 B.S.)

2802 पटक देखिएको

जेष्ठ २६ 

निषेधाज्ञाको अवधीमा कर तथा राजस्व असुलीलाई जबरजस्ती नगर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । बुधबार तीन वटै निजी व्यवसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । 

व्यवसायीहरूद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाको अवधिभर कर तथा राजस्व तिर्न सक्ने व्यवसायीहरु लिन र नसक्ने व्यवसायीहरूसँग  जबरजस्ती माग्ने र जरिवाना लगाउने काम नगर्न सरकारसँग आग्रह गरिएको छ ।

गत वर्षदेखि जारी कोभिड–१९ को महामारीका कारण उद्योग धन्दा कलकारखाना तथा व्यापार, व्यवसाय सुमधुर हुन नसकिरहेको बेला थप कोभिडको दोस्रो लहरले उत्पन्न व्यवधान निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प भएकाले अहिले कर तिर्न सकिने अवस्था नरहेको भन्दै छुट दिन व्यवसायीहरुले सरकारसँग अपिल गरेका छन् ।  

व्यवसायिक कर तथा राजस्व मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा राजस्व तत्कालका लागि समय थप गरिदिन व्यवसायीहरुले माग गरेका छन् । 

यद्यपि, व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत वर्षजस्तै समयमा राजस्व बुझाएर आप्mनो दायित्व पुरा गरी सरकारलाई सहयोग गर्न पनि व्यवसायीहरुले आग्रह गरेका छन् । 

सो अवसरमा व्यवसायीहरुले अहिलेको विषम परिस्थितिमा सरकारले निजी क्षेत्रको उत्थानसँगै मुलुकको आर्थिक सुधारका खातिर उत्कृष्ट बजेट ल्याएको भन्दै धन्यवाद दिँदै बजेट कार्यान्वयनमा प्रतिवद्ध हुन सरकारलाई जोड दिएका छन् । 

साथै, कोभिड–१९ को जोखिम मुलुक भित्र कम गर्न छिटो भन्दा भिटो कोभिड विरुद्धको भ्याक्सिनको प्रवन्ध गर्न समेत व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले