कलैया सिटि जेसिसद्वारा ‘चुल्हो बाल्ने अभियान’ कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-02-30 B.S.)

2648 पटक देखिएको

जेठ ३० , बारा

उपेन्द्र पासवान

कलैया सिटि जेसिसको आयोजनामा मिति २०७८/०२/१९ गते देखि शुरु भएको चुल्हो बाल्ने अभियान अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । विश्वमा  यतिबेला कोभिड-१९ को संक्रमण बढेसँगै 'नयाँ भेरियन्टसहितको कोरोना महामारी संसारभर महामारीको रुपमा फैलिएको यस भाइरसले मानव जातिकै अस्तित्वमा चुनौती दिएको छ ।

विकसित तथा समृद्ध मुलुकहरुमा समेत गहिरो संकट निम्तयाएको यस भाइरसलाइ नियन्त्रणका विभिन्न प्रयासहरु भएता पनि मानवीय व्यवहार र सिमितताको कारण नियन्त्रणमा आउन सकेको छैन । यस महामारीले संसारका लगभग सबै देशहरु आक्रान्त भएका छन् । विश्वब्यापी महामारीको महाविपतिमा दैनिक रूपमा ज्यालादारी गरीखाने मान्छेहरुलाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको हो । उक्त अभियान अन्तर्गत बारा जिल्लाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवारलाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तान्तरण गरिएको छ।

चुल्हो बाल्ने अभियान कार्यक्रमको संयोजक जेसी अनिल कुश्वाहाको संयोजकत्वमा भएको कार्यक्रममा आज कलैया उपमहानगरपालिकाको वडा नं. १ र वडा नं. ६ मा आज ३५ जना र हाल सम्म २४५ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २ केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो।

उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी अनिल कुश्वाहा, शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, महासचिव जेसी पवन कुश्वाहा, पुर्व अधयक्ष जेसी धनीलाल सर्राफ त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता, गणेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले