जनता माविमा साईकल वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-03 B.S.)

4938 पटक देखिएको

असार ३ ,बारा 

अमरेस कुमार पाण्डेय

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ भवानीपुरको जनता माध्यमिक विधालयमा साईकल वितरण गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरि "बेटी पढाउ बेटी बचाउ" अभियान अन्तर्गत साईकल वितरण गरिएको हो । प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई प्रोत्साहन गर्नको लागि प्रदेश सरकारले साईकल वितरण गरेको हो ।

उपमहानगरको विभिन्न विधालयहरुमा साईकल वितरण गर्न लागिएको हो । साईकल वितरण कार्यक्रमको प्रमुख अतिथि माननिय पारस प्रसाद साहले छोरीहरुलाई पढाईमा सहज हुन साईकल वितरण गरिएको बताएका छन् ।

विधालयलाई व्यस्थित गर्न वडाध्यक्ष जलाउदिन मसुरले अहम भुमिका खेलेको उनले बताएका छन् । "विधालयको पुर्वाधार देखि शिक्षामा उल्लेख्नीय कार्य गरेको सर्वविदतै छ । अरु वडामा प्रदेशको बजेट लग्यो भने विभिन्न बाधा अडचन सृजना हुने गरेको अनुभव समेत साहले व्यक्त गरे ।" तर वडा ३ को जनता, सिदेश्वर माविमा प्रदेशले गर्न चाहेको विकासमा वडाध्यक्षको सकरात्मक पहलले दिगो विकास भएको उनले बताएका छन्  । विधालय प्राङ्गणमा देखिएको सेडलाई हटाई सुलभ भवन बनाउन आफनो कोषबाट २० लाख दिने प्रतिवद्धता समेत गरेका छन् ।

कार्यक्रमको अध्यक्षता गरिरहेका वडाध्यक्ष जलाउदिन मंसुरले प्रदेश २ सरकारको मुख्य एजेण्डा भनेको छोरीहरुलाई शिक्षित गर्नु रहेको बताएका छन्  । एउटा घरको छोरी शिक्षित भयो भने त्यसको सम्पुर्ण परिवार शिक्षित हुने मान्यता महसुस गरेकोले साईकल वितरण गरि छोरीहरुको शिक्षामा मनोवल बढाउने काम गरिएको वडाध्यक्ष मसुरले बताएका छन् ।

विधालयका कक्षा ८ मा पढने ३६ जना छात्राहरुलाई साईकल वितरण गरिएको प्रधानाध्यापक लालबाबु जैयसवालले जानकारी गराएका छन् । कार्यक्रममा माननिय पारस साह, वडाध्यक्ष जलाउदिन मसुर, सिदेश्वर माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष रामअस्रे साह कानु, राजाबाबु साह कानु, रमेश साह, संजय कुशवाहा, अखिलका दिनेश यादव,शिक्षक दिपनारायण यादवले सञ्चालन गरेको कार्यक्रममा उर्मिला यादवले अतिथिहरुलाई दोस्सला लगाई सम्मान गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

4 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

7 महीना पहिले