गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
7 महीना पहिले प्रकाशित
(2082-10-28 B.S.)
511 पटक देखिएको
जितेन्द्र कुशवाहा
महोत्तरी, माघ २८ गते ।
गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवनको उद्घाटन सम्पन्न भएको छ। उक्त भवनको उद्घाटन गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर महतोले प्राविधिक शिक्षाको विकास समयको आवश्यकता भएको बताउनुभयो। उहाँले गौशालामा इन्जिनियरिङ क्याम्पस स्थापना हुनु नगरका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर सिर्जना गरेको धारणा राख्नुभयो।
मेयर महतोले यस क्याम्पसले स्थानीय विद्यार्थीहरूलाई आफ्नै क्षेत्रमा इन्जिनियरिङ अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। “शिक्षामा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार हो,” उहाँले भन्नुभयो, “दक्ष जनशक्ति उत्पादनले मात्रै नगर र राष्ट्रको समृद्धि सम्भव हुन्छ।”
क्याम्पसको समुचित सञ्चालनका लागि नगरपालिका सधैं सकारात्मक र सहयोगी रहने प्रतिबद्धता जनाउँदै उहाँले विद्यार्थीहरूलाई अनुशासन, लगनशीलता र मेहनतका साथ अध्ययन गरी दक्ष इन्जिनियर बनेर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रोफेसर डा. श्री अमरप्रसाद यादव, राजर्षि जनक विश्वविद्यालयका संस्थापक रजिस्ट्रार श्री महेन्द्रप्रसाद यादव, राजर्षि जनक विश्वविद्यालय विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायका डिन डा. अजयकुमार झा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
4 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
6 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
9 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments