गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

4 महीना पहिले प्रकाशित

(2082-09-10 B.S.)

882 पटक देखिएको


भाग्यरेखा ठाकुर
महोत्तरी ,पुष १० गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्रछात्राले विभिन्न समुदायका मौलिक र परम्परागत खानाका परिकारहरू तयार गरी समुदायगत रूपमा सजाएर प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो–आफ्नो समुदायको पहिचान झल्किने खानाका परिकारहरू प्रस्तुत गर्दै त्यसको महत्व, परम्परा र प्रयोगका अवसरबारे जानकारी समेत दिएका थिए। यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच सांस्कृतिक विविधता बुझ्ने अवसर प्रदान गर्नुका साथै आपसी सम्मान र सद्भावको भावना विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।
सांस्कृतिक खाना प्रदर्शन कार्यक्रममा केही अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै यस्ता सिर्जनात्मक र व्यवहारिक कार्यक्रमले बालबालिकामा आत्मविश्वास बढाउने तथा आफ्नो संस्कृति प्रतिको गर्वको भावना विकास गर्ने प्रतिक्रिया दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक जुगल साहले समाजमा रहेका सबै समुदायका खानाका परिकार, पहिरन र संस्कृतिबारे जानकारी लिन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विद्यालय स्तरबाटै सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो। “विद्यार्थीहरूले किताबबाट मात्रै होइन, व्यवहारिक अभ्यासबाट पनि संस्कृति बुझ्नुपर्छ, यस्ता कार्यक्रमले संस्कृति जगेर्नामा ठुलो योगदान पुर्‍याउँछ,” उहाँले भन्नुभयो।
त्यसैगरी सामाजिक विषयका शिक्षक गिरिराज काफ्लेले परम्परा र सांस्कृतिक मूल्य झल्काउने यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउँदै आधुनिकतासँगै लोप हुँदै गइरहेका संस्कृतिहरूको संरक्षणका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूलाई आफ्नो समाज र इतिहासप्रति जिम्मेवार बनाउने गर्दछ।
विद्यालय प्रशासनका अनुसार यस प्रकारका शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुत हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

6 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

13 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

19 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

13 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

2 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

9 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

11 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

1 वर्ष पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

2 वर्ष पहिले