आम जनतालाई ठगी गरेको आरोपमा नेकपा माओवादी केन्द्र पर्साले गर्‍यो रामबाबु बैठामाथि कारवाहीको सिफारिस

5 वर्ष पहिले प्रकाशित

(2078-03-12 B.S.)

2960 पटक देखिएको

असार १२ 

पवन प्रसाद साह 

पार्टीको संधर्ष, बलिदानी, भविष्य र जनताको हितको खयाल गर्दै, रामबाबु बैठा जस्ता पात्रलाई तत्काल कारवाही गर्ने र आउने दिनमा पनि कुनै जिम्मेवारीमा नराखिदिन जोडदार माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) पर्साले पार्टी केन्द्रलाई सिफारिस गरेको छ।

नारायण काजी श्रेष्ठ, विश्वनाथ साह, गिरिराजमणि पोख्रेल जस्ता पार्टीका वरिष्ठ नेताहरुको नाम लिएर काम गाराइदिने भन्दै आम जनता , शिक्षक , युवा इत्यादिलाई ठग्दै पैसा लिएको आरोपमा केही समय अगाडि बैठा करिब ४ महिना जेल बसेका थिए ।

सिफारिसमा उल्लेख भए अनुसार , रौतहटका प्रदिपकुमार साहलाई जागिर लगाइदिने भन्दै बैठाले ७ लाख घुस लिएका थिए । आफ्नो पहुच नेता नारायण काजी श्रेष्ठ, विश्वनाथ साह सम्म रहेको र निजहरु संग निकटतम सम्बन्ध रहेकोले कामको लागि आफ्नो निरन्तर सम्वाद भईरहेकोले निज नेताहरु कै कोटामा राख्ने गरी असई बनाउने आश्वासन दिदै बैठाले ठगेका कुरा पीडितले जानकारी गराए।

करिब ४ महिना जेल बसेपछि पीडितलाई ब्याज सहित सम्पूर्ण पैसा फिर्ता गरेर मुद्दा छिनोफानो भएको थियो। जेलमा हुदा नै पर्साका केही शिक्षकहरुले आफुहरुबाट कुल १० लाख रुपैया उठाएर तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम लिएर इच्छा अनुसारको दरबन्दी मिलाइ दिने आशवासन दिएका रामबाबुले काम गराउन नसकेको भन्दै प्रहरीमा निवेदन दिए। ती शिक्षकहरुलाइ सम्पूर्ण रकम चेक मार्फत फिर्ता भए पछि शिक्षकहरुले अगाडिको कार्वाही गरेनन् ।

श्रोतका अनुसार लामो समयदेखि रामबाबू बैठा जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुबाट पनि रकम वसुल्ने, ठग्ने जस्ता क्रियाकलापमा रहिआएका छन् । जिल्ला कार्यसमितिले गरेको यस सिफारिसलाई आमजनमनसले निकै साहासिक र सकारात्मक कदमको सुरुवात भएको भनेर बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले