सामाजिक सुरक्षा भत्ताको विरुद्धमा वीरगञ्जको वाणिज्य बैंकका कर्मचारी आन्दोलित

5 वर्ष पहिले प्रकाशित

(2078-03-21 B.S.)

3747 पटक देखिएको

असार २१,वीरगञ्ज

उपेन्द्र पासवान 

सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै यहाँ रहेका वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका हुन् ।

सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको वीरगञ्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्काले बताए ।

कोषमा आवद्ध हुन नसकिने ५ वटा कारण देखाउँदै बैंकरहरुले सोमबार दियालो लर्ड्स प्लाजा होटल छेउमा रहेको पूरानो बसपार्कमा केहि बेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने ग्रुपका अध्यक्ष खड्काले बताए ।

खड्काका अनुसार कोषमा आबद्ध भएपछि आइएलएफ सम्धीमा भएको ब्यवस्था अनुसार सामूहिक सौदाबाजी गर्न पाइने छैन, यसअघि खाइपाइ आएको तलब घट्ने छ, सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सृजना हुनेछ (सरकारी स्वामित्का तीन बैंक आबद्ध हुनुपर्दछ), सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने छ, सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुनेछ । सरकारले सामाजिक सुरक्षा कोष लाद्न खोजेपछी केही पुराना बैंकरहरु राजिनामा दिएका छन् भने थप यस पेशा बाट अलग हुने मनस्थितिमा पुगिसकेको एक बैंकरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले