सम्बन्ध पुरै विच्छेद गर्ने चेतावनी

4 वर्ष पहिले प्रकाशित

(2078-09-15 B.S.)

8106 पटक देखिएको

पुष १६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासंगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा पुटिनले त्यस्तो कदम भयंकर गल्ती हुने बताउनु भएको क्रेमलिनका प्रवक्ताले जनाएका छन् । तर बाइडेनसंगको संवाद सन्तोषपूर्ण रहेको पनि क्रेमलिनका प्रवक्ता युरी युसाकोभको भनाइ छ ।

५० मिनेट लामो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सिमा क्षेत्रमा रुसले १ लाख बढी सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा मुलुकहरुबीच तनाव चर्किदै गएको छ ।

रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ । बाइडेन र पुटिनबीचको कुराकानी निकै गम्भीर र अर्थपूर्ण देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

कुराकानीपछि ह्वाइटहाउसका प्रेस सचिव जेन पास्कीले तनाव कम गर्न रुसले के गर्छ भन्ने विषयले अगाडिको बाटो निर्धारण गर्ने बताएका छन् । दुई देशका अधिकारीहरुबीच आगामी महिना जेनेभामा प्रत्यक्ष कुराकानी गर्ने तयारी पनि भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

कतारमा होली 

महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..

2 वर्ष पहिले

 सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु

असोज ७ गते  अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहि..

2 वर्ष पहिले

हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १६ जनाकाे ज..

एजेन्सी - युक्रेनकाे राजधानी किएभको बाहिरी भेगमा रहेकाे शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि य..

3 वर्ष पहिले

भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज

श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारत..

3 वर्ष पहिले

अमेजन कम्पनीले १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्..

ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधि..

3 वर्ष पहिले

इरानमा थप दुई जनालाई मृत्यु दण्ड

काठमाडौं  -  इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएक..

3 वर्ष पहिले