भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज

4 वर्ष पहिले प्रकाशित

(2079-09-24 B.S.)

4948 पटक देखिएको

श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ। राजकोटमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनायो।

श्रीलंकाका लागि कप्तान दशन शनाकाले २३ रन बनाउँदा कुशल मेन्डिसले पनि २३ नै रन बनाए । धनन्जय डा सिल्भा २२ रनमा आउट हुँदा चरिथ असलंकाले १९ रन बनाए । पथुम निशंकाले १५ रन बनाउँदा कशुन रन्जिथा ९ रनमा अविजित रहे । भारतका लागि अर्शदिप सिंह ३ तथा उमरान मल्लिक,हार्दिक पाण्ड्या र युजभेन्द्र चहलले समान २/२ विकेट लिए । अक्षर पटेलले १ विकेट आफ्नो नाममा गरे।


त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । पहिलो ओभरमा नै ३ रन बनाउँदा इशान किशनलाई गुमाएको भारतले राम्रो कमब्याक गरेर २ सय २९ रनको विशाल लक्ष्य बनायो। सुर्यकुमार यादवले ५१ बलमा ७ चौका र ९ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । यो उनको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । उनले ४५ बलमा शतक पूरा गरेका थिए ।

शुभमन गिलले ३६ बलमा ४६ रन बनाउँदा राहुल त्रिपाटीले १६ बलमा ३५ रन बनाए । अक्षर पटेलले ९ बलमा अविजित २० रन बनाए। श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कुशन रन्जिथा,वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए। भारत र श्रीलंकाबीच अब तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

11 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

11 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..